पुर्नर्बहालीको माग गर्दै सामाजिक परिचालकहरु आन्दोलनमा

श्याम राना
पोखरा, २२ साउन /स्थानीय तहमा परिचालन भएका सामाजिक परिचालकहरुले पुर्नर्बहालीको माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । नेपाल सामाजिक परिचालक कर्मचारी संघ गण्डकी प्रदेश पोखराले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई ५ दिन भित्र आफ्नो माग सम्बोधन नगरे चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

जागिरमा पुर्नवहाली, सेवा सुविधा बढाउनु पर्ने, पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने, योग्यताका आधारमा उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गनुपर्ने, स्थानिय तहका कर्मचारीमा समायोजन गर्नुपर्ने लगायतका माग रहेको संघका केन्द्रिय महासचिब तेजप्रसाद शर्माले जानकारी दिए ।

सरकारले मागको बेवास्ता गरे देशव्यापि रुपमा आन्दोलन चर्काउने उनले जानकारी दिए । विकासमा फड्को मार्नको निम्ति सामाजिक परिचालकलाई परिचालन गर्नुपर्ने उनको भनाई थियो । माग लिएर स्थानिय तहमा जादा प्रदेशमा, प्रदेशमा जादा केन्द्रमा पठाएको उनले गुनासो पोखे । ‘हाम्रो रोजि रोटी नै खोसियो,’ उनले भने ‘सम्बन्धित निकायसँग पटकपटक भेटघाट र छलफल गर्दा पनि माग पुरा गछौं भनेर आश्वासन मात्र दिएका छन् ।’ माग पुरा नभए प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको उनले बताए ।

कामको मुल्याकंन नगरि अवकाश दिएको विरोधमा संघले देशव्यापि रुपमा विरोधका कार्यक्रम गर्दै आइरहेको छ । देशभर ४ हजार ६ सय ६४ जना सामाजिक परिचालक छन् भने गण्डकी प्रदेशमा मात्रै ४ सय ८५ जना थिए ।

कमेन्टहरु
Loading...