पोखरामा स्मार्ट लाइसेन्सको आवेदन लिन सुरु, साउनबाट नयाँलाई पनि

पोखरा ८ असार /सरकारले पोखरामा स्मार्ट लाइसेन्स प्रयोगमा ल्याउने लागे पछि आवेदन दिनेहरु दिनहुँ बढेका छन् । मंगलबारबाट आवेदन लिन सुरु गरे पछि बिहीबार सम्म करिब २ सय जनाले निबेदन दिएका छन् । पुरानो सिस्टम हटाएर नयाँ सिस्टम अन्तर्गत स्मार्ट सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को आवेदन संकलन सुरु गरिएको हो ।

मंगलवारदेखि नविकरण र प्रतिलिपीको लागि आवेदन संकलन सुरु गरिएको यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकीका प्रमुख कृतन राज पौडेलले जानकारी दिए । तीन दिनमा २०४ जनाले आवेदन दिएको उनले बताए ।

पुरानो लाइसेन्सको अभिलेख हेरेर स्मार्ट लाइसेन्सको लागि फोटो खिचाउने, डिजिटल हस्ताक्षर र बायोम्याट्रिक औठाछाप सहित आवेदन लिने काम भैरहेको पौडेलको भनाई छ । साउन १ गतेदेखि नयाँ अनुमतिपत्रको लागि पनि आवेदन खुल्ला हुनेले बताए ।

अहिले आवेदन दिएकाले प्रतिलिपी वा नविकरण गरेको स्मार्ट लाइसेन्स प्राप्त गर्न भने दुई महिना कुर्नुपर्ने उनको भनाई छ । पोखरामा आवेदन दिएका सबैको विवरण सफ्टवयर मार्फत सिधै केन्द्रमा पुग्ने भएकाले केन्द्रबाट क्यू सिस्टमले स्मार्ट लाइसेन्स छापिएर आउदा समय लाग्ने बताए ।

 

कमेन्टहरु
Loading...