लेखनाथमा महाशविरात्री कप हुने

लेखनाथ, १ फागुन/लेखनाथमा रहेको सैनिक वस्ती गु्रप नं १को नवदुर्गा युवा क्लवको आयोजनामा महाशिवरात्रीको अवसर पारी प्रथम सेभेन ए साईड फुटवल प्रतियोगीता गर्ने भएको छ ।युवाहरुलाई खेलको माध्मवाट आपसी भाईचारा र सद्भावको सम्वन्ध कायम गर्ने उदेश्यले यहि फागुन ९ गते देखी १५गते सम्म लेखनाथको नवदुर्गा प्राविको प्राङगणमा खेल हुने कार्यक्रम संयोजक सहविर गुरुङले जानाकारी दिएका छन्।

खुल्ला नकाउट फुटवल प्रतियोगीतामा ३२ देखी ३५टिमले भाग लिने अनुमान आयोजकले गरेको छ भने विजयी समुहले नगद २०हजार र उप विजेताले नगद १०हजार सहित कप,मेडल तथा प्रमाण प्रत्र प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...