सिर्जनामा चेतन कार्की कार्यक्रममा ४ लाख बढि बचत

पोखरा, २८ चैत्र/नेपाली लोक सँस्कृति संरक्षण, सवद्र्धन र विकासका लागि पोखरामा क्रियाशील हिमाली साँस्कृतिक परिवारले एक कार्यक्रम आयोजना गरी नव वर्ष २०७३ सालको आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा १० रामबजारस्थित भमरकोट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुद्धारा साँस्कृतिक प्रस्तुतिको माध्यमबाट शुभकामना व्यक्त गरिएको थियो भने कार्यक्रममा सहभागीहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए ।

उक्त कार्यक्रमको क्षेत्रिय प्रसासक शंकर कोइरालाले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गत माघ १५ गते हिमाली साँस्कृतिक परिवारको १९ औं वार्षिकोत्सवको अवसरमा परिवारका प्रमुख संरक्षक वरिष्ट सँस्कृतिकर्मी चेतन कार्कीको सम्मानमा आयोजित सिर्जनामा चेतन कार्की कार्यक्रमको आय व्यय सार्वजनिक गरिएको थियो। परिवारका कार्यसमिति सदस्य तथा उक्त कार्यक्रमका आर्थिक संयोजक महादेव न्यौपानेले सिर्जनामा चेतन कार्की कार्यक्रमबाट ४ लाख ७७ हजार २७३ रुपैया वचत भएको जानकारी दिनुभयो ।

उहाँले कार्यक्रममा ६ लाख ९३ हजार ३३६ रुपैया आम्दानी भई २ लाख १६ हजार ६३ खर्च भएको आय व्ययको विवरण सार्वजनिक गर्नुभएको । उक्त कार्यक्रमका मुख्य प्रायोजक दुन मितेरी समाज र सहप्रयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानलाई परिवारका मानार्थ सदस्य टिका कार्कीले मायाको चिनो प्रदान गर्नुहुदै सम्मान गर्नुभएको थियो । यसरी नै क्षेत्रीय प्रसासक शंकर कोइरालालाई हिमाली साँस्कृतिक परिवारले कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै खादा लगाएर स्वागत गरेको थियो भने नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठलाई हिमाली साँस्कृतिक परिवारको आजीवन सदस्यता प्रदान गरिएको थियो ।

यसैविच हिमाली साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष रुद्रबहादुर थापा(रुपेन बाबु)ले अक्षयकोषको लागि हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङलाई हस्तान्तरण गर्नुभयो । रकम ग्रहण गर्नुहुदै अध्यक्ष मेनकाजी गुरुङले सिर्जनामा चेतन कार्की कार्यक्रमबाट वचत रकम सहित संस्थापक अध्यक्षबाट प्राप्त रकमबाट संस्थाको नर—चेतन स्थापना अक्षकोष गरी कलाकारहरुलाई पुरस्कृत गरिने बताउनुभयो ।

कमेन्टहरु
Loading...