बाचा पूरा गर्दै सिम

पोखरा, ९ असार/पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङ चुनावअघी आफूले जनाएका बाचा पूरा गर्न लागिपरेका छन् । चुनावअघी मतदातालाई दिएको आश्वासन र घोषणापत्रमा उल्लेख गरिएका बाचा पूरा गर्न उनी लागि परेका हुन् ।

बाचा पूरा गर्ने क्रममा सिमले शुक्रबार वडा नम्बर २० को लामपाटा (माधे)मा ७ वटा स्टिल पोल लगेर गाड्न लगाएका छन् । यसअघी गाडिएका काठका पोलहरु कुहिएर काम नलाग्ने भएपछि बाँसको टेको लगाएर अड्याएर राखिएका पोलहरुको सट्टामा स्टिलका पोलहरु गाडिएका हुन् । विद्युत प्राधिकरणलाई ताकेता गरेर लगिएको पोलहरु वडाध्यक्ष सिमले आफै बसेर गाडेका थिए । पोल गाडेपछि स्थानिय १५ घरपरिवार लाभान्वित भएका छन् ।

सिमले आफ्नो वडामा अझै ४०÷४५ वटा पोल लगेर जिर्ण पोलहरु हटाउने बताए । उनले चुनावअघी आफूले गरेका बाचा नबिर्सेको बताउँदै उनले बाचा पूरा गर्न आफू अहोरात्र खटिरहने बताए ।

कमेन्टहरु
Loading...