सिलिङ्घेमा महाशिवारात्री मेला हुने

लेखनाथ १ फागुन/कास्की जिल्लाको धार्मीक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको लेखनाथ नगरपालीका वडा नं ५मा रहेको सिलिङ्घेमा चौथो महाशिवरात्री मेलाको आयोजना गरिने भएको छ ।सिलिङ्घे युवा क्लवको आयोजनामा शिवरात्रीको अवसर पारी फागुन १४ र १५ गते हुने महाशिवरात्री मेलालाइ सफल पार्न क्लवका सह सचिव विकास रानाभाटको संयोजकत्वमा १०१सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ ।

कार्यक्रमको मुख्य आर्कषणमा खुल्ला भलिवल प्रतियोगीता, लेखनाथ स्तरीय मावी हाजीर जवाफ प्रतियोगीता,स्थानीय कृर्षी प्रर्दशनी र साथमा विविध सास्कृतीक कार्यक्रम सहित शिब पुजा गरिने आयोजक सस्थाका अध्यक्ष टंकप्रसाद सिग्देलले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...