सिक्लेस माघे सक्रान्ति मेला जारी, छेलोको उपाधि निरजलाई

पोखरा, ३ माघ/तमु जातिको ऐतिहासिक र पर्यटकीय गाँउ सिक्लेसमा भइरहेको सिक्लेस युवा क्लवको २२ औं वार्षिकोत्सव तथा सिक्लेस माघे संक्रान्ति मेलामा आयोजित तमुहरुको परापरागत छेलो प्रतियोगितामा स्याङ्जा टक्सारका निरज तमु प्रथम र स्याङजा मनकामनाका राजेश तमु दोश्रो हुनु भएको छ ।

एक शताब्दा भन्दा अघिदेखि सिक्लेसमा परम्परागत रुपमा सञ्चालन हुदै आएको छेलेमा प्रथम हुनुभएका निरज तमु ५ हजार, दोश्रो हुनु भएका राजे तमु ४ हजार पाँच सय रुपैयासहित प्रमाणपत्र, फेटा, खादाबाट पुरस्कृत हुनुभएको थियो । विजेताहरुलाई सिक्लेसमा अविरजात्रा सहित ऐतिहासिक सभाथरमा प्रतियोगिताका संयोजक रणबहादुर तमु लगायतले पुरस्कृत गर्नुभएको हो ।

मेलाका दोश्रो दिनका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम तमुले मन्तव्य व्यक्त गर्नुहुदै सिक्लेस मेलाले सिक्लेसको मात्रै प्रवद्र्धन होइन तमु मौलिकताको संरक्षण संवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको भन्नुहुदै तमु धिं युके र आफ्नो तर्फबाट मेला एवं सिक्लेसको समृद्धिका सक्दो पहल गर्ने बताउनुभयो । उहाँले तमुको मात्रै नभई नपालकै लागि योगदान पुर्याउनुभएका स्वर्गीय डा. चन्द्रप्रसाद तमु, तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु, उपाध्यक्ष नन्दजंग तमु, समाजसेवी कुलप्रसाद तमुको गाँउ सिक्लेस तमुहरुको गौरबको गाँउ हो भन्दै प्रसंसा गर्नुभयो ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमुले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तमुहरुको ऐतिहासिक थलोमा आउन पाउदा आफु अति नै गौरवान्वित भएको बताउनुभयो । तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुले सिक्लेसको परम्रागत छेलो प्रतियोगिताको ऐतिहासिकताको अभिलेख राख्नुपर्ने बताउनुभयो । तमु साँस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष भिमकाजी तमुले शुभकामना व्यक्त गर्नुहुदै सिक्लेसको विकासका लागि सबैको साथ सहयोगको आग्रह गर्नुहुदै पोखरा काँहुखोलादेखि सिक्लेससम्मको सडक निर्माणमा जुट्नुभएका र सहयोगी भुमिका प्रदान गर्नुभएकाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसरी नै मेलामा आयोजित पुरुप भलिबल प्रतियोगितामा दोश्रो दिन ५ खेल सम्पन्न भएका छन् । आइतवार भएको खेलमा तप्राङ बी लाई पराजित गर्दै घ्याम्राङ, थामलाई पराजित गर्दै खिलाङ, सिक्लेस ए लाई पराजित गर्दै सिक्लेस सी, ताङतिङलाई पराजित गर्दै तप्राङ ए, विजयपुरलाई पराजित गर्दै चिप्ली क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतवार नै चिप्ली र घ्याम्राङ विचको पहिलो क्वाटरफाइनल खेल प्रकास अभावले कारणले स्थगित भयो भने उक्त खेल सोमवार विहान हुने आयोजक सिक्लेस युवा क्लवका अध्यक्ष तिलमान तमुले जानकारी दिनुभयो ।

यसरी नै सोमवार बास्टेकबलतर्फ ६ खेल सम्पन्न भएकाछन् । बास्केटबलमा खिलाङ ए ले ताङतिङ सी लाई, ताङतिङ डि ले सिक्लेस सी लाई, बालकल्याणले चिप्लीलाई, ताङतिङ ए ले सिक्लेस ए लाई, घान्द्रुकले सिक्ले बी लाई, ताङतिङ बी ले खिलाङ बी लाई पराजित गरेको क्लवका पुर्व सचिव देवीजंग तमुले जानकारी दिनुभयो । भलिबल र बास्केटबल विजेताले ४० हजार र उपविजेता ३० हजारहित पुरस्कृत हुने भएको छ । ९ टिम प्रतियोगी रहेको महिला भलिबल भने मंगलवार मात्रै शुरु हुने आयोजकले जनाएको छ ।

यसरी नै मेलामा पहिलो पटक आयोजित अन्तर गाँउ स्तरीय सामुहिक नृत्य प्रतियोगिता सोमवार बेलुका शुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम तमुले उद्घाटन गर्नुभयो भने प्रतियोगितामा लमजुङको भुजुङ, कास्कीका याङजाकोट, निर्मलपोखरी, खिलाङ र ताङतिङ गाउको सहभागिता रहेको छ । विजेताले ४० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजारसहित पुरस्कृत हुनेभएको छ। माघ ४ गतेसम्पन्न हुने मेलाको आइतवार नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...