सरस्वती पूजाको अवसरमा शुभकामना आदानप्रदान

पोखरा, २१ माघ/श्री पञ्चमीको अवसरमा सम्पदा कला मन्दिर नेपालले मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमका वक्ताले अथक मेहनतका साथ आफ्नो कर्ममा इमान्दारपूर्वक लागिपरे सरस्वती माता खुसी हुने बताए ।

श्री पञ्चमीकै दिन जन्मिएका सम्पदा कला मन्दिरका संरक्षक क्षेत्रबहादुर कुँवरको ६८ औं जन्मदिनको अवसर पारी आयोजित कार्यक्रममा मन्दिरका सल्लाहकारद्वय डा. यमबहादुर क्षत्री, तोयनाथ लामिछाने, पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछाने, गीतकार राजेन्द्र अधिकारी, गायक सागर शाह, संस्थाका महासचिव विजय नेपाल, कोषाध्यक्ष तिर्सना गुरुङ, सदस्य अशोक पौडेल, पारुणा श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष देशभक्त कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो । विभिन्न क्षेत्रमा संलग्न व्यक्तिलाई सम्मान गर्दैआएको संस्थाले हरेक वर्ष श्री पञ्चमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गर्दैआएको छ ।

कमेन्टहरु
Loading...