शिवशक्ति क्याम्पस र केपिजे विश्वविद्यालय विच शैक्षिक कार्यक्रम गर्ने सम्झौता

पोखरा, १८ चैत्र​/पोखरा–१३, फुलबारीमा रहेको शिवशक्ति क्याम्पस र नेदरल्याण्डको केपिजे विश्वविद्यालय विच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।शिवशक्ति क्याम्पसका अध्यक्ष दामोदर वास्तोला र केपिजेका प्रमुख यान हाइमन्स तथा दर्शन अध्ययनका प्रोफेसर वर्ट टोलाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

सहमति पत्रमा त्रिभुवन विश्वविदालयका वि.एड. कार्यक्रमलाइ थप प्रभावकारी बनाउन निर्धारित पाठयक्रमका अतिरिक्त बर्षका २ पटक केपिज विश्वविदालयका दक्ष प्रशिक्षकहरुबाट बिशेष तालिम हुन र सो तालिममा विद्यालयहरुमा अध्ययनरत शिक्षकहरु पनि सहभागी हुन पाउन छन भन ४ बर्षको वि.एड कार्यक्रममा थप १०० क्रेडिट बराबरका अतिरिक्त प्रमाणपत्र प्रदान गरिने प्रावधानमा रहेका बाताइएको छ ।

एक्काइसौ सताब्दीका विश्व नागरिक उत्पादन गर्ने अभिभारा रहेको शिक्षकहरुलाई थप दक्ष र सहकार्यात्मक पद्दतीबाट पढाउन सक्ने प्रतिस्पर्धी बनाउन र शिवशक्ति क्याम्पसलाई शिक्षक तालिमका हव बनाइ यहाँबाट उत्पादित शिक्षकहरुबाट हाल बजारमा देखिएका दक्ष शिक्षकका अभावलाइ सम्बोधन गर्ने कुरामा आफ विश्वस्त भएका शिषक शीप विकाशका बास्तोलाले बताए ।

पोखरा महानगरपालिकाका वडा नं. ११ का वडाध्यक्ष मोहन बास्तोला समुपस्थिति रहेको उक्त कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य पदाधिकारीहरु, क्याम्पस प्रमुख, शिक्षक शिप विकासका पदाधिकारी लगायतको उपस्थिति रहेका थियो भने कार्यक्रम संस्थाका प्रवक्ता युवराज त्रिपाठीले संचालन गरेका थिए । टिचर्स इन पोखरा शिक्षक तालिम तथा कार्यशाला गोष्ठीको पूर्व सन्ध्यामा २ वटा शैक्षिक संस्था विच सम्झौता गर्ने अवसर जुरेको संस्थाका सचिव प्रेमबहादुर कुँवरले बताए ।

स्मरण रहोस शिक्षक शीप विकाश फाउन्डेशनका आयोजना कर्म फ्लाइट्स फाउन्डेशन र भास्कर मेमोरियल स्कूलको सहआयोजना रहेका शिक्षक सम्मेलन आगामी चैत्र १९–२१ सम्म पोखरामा संचालन हुदैछ भने शिवशक्ति क्याम्पसलगायत पोखराका ५ वटा स्टार स्कुलहरुको सक्रिय सहभागितामा गण्डकी क्षेत्रका १२० जना शिक्षक तथा करिब ६० जना प्राचार्यहरुले कार्यशाला सहितको सम्मेलनमा भाग लिदैछन ।

कमेन्टहरु
Loading...