शिवालय मावि भूपू विद्यार्थी मञ्चमा राजन सुवेदीे

पोखरा, ५ माघ //कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले राजन सुवेदीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको छ ।

शनिबार आयोजित भेलाबाट मञ्चको उपाध्यक्षमा शिव सुवेदी, सचिवमा पोष्टराज सुवेदी, कोषाध्यक्षमा प्रदिप सुनाम र सहसचिवमा कृष्णा सुवेदी ओझा चयन भएका छन् । मञ्चका सदस्यहरुमा उदय ओझा, आशिष ओझा, भगवान ओझा र ऋषिराम ओझा चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीका रुपमा लेखनाथ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष राजेन्द्र ओझा, लेखनाथ सामुदायिक प्रहरी सेवाका अध्यक्ष रमेश ओझा, रुपा गाउँपालिका वडा नं. २ मा सदस्य बद्रिनाथ ओझा, पूर्व प्रधानाध्यापक रोशनलाल गुरुङ, उदय ओझालगायतले शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले शिवालय माविको चौतर्फी विकासका लागि भूतपूर्व विद्यार्थीहरुको सहयोग जुटाउन आफूहरु लागिपर्ने प्रतिबद्धता जनाए । शिवालयले देशका प्रतिष्ठित व्यक्तित्वहरु जन्माएको स्मरण गर्दै उनीहरुलाई विद्यालयप्रतिको दायित्व स्मरण गराउन मञ्चले भूमिका खेल्ने बताए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको कार्यक्रमबाट सर्वसम्मत चयन भएको समितिको पहिलो बैठकले डा. सोमलाल सुवेदी, डा. रामनाथ ओझा, डा. नारायण ओझा, रोशनलाल गुरुङ र ई. झलकमोहन ओझालाई सल्लाहकार चयन गरेको छ ।

 

कमेन्टहरु
Loading...