घैयाखेतमा ४५ लाखको ज्योर्तिलिङ्ग शिवालय मन्दिर

पोखरा, २२ फागुन​। पोखरा महानगरपालिका वडा नं. २२ छोरेपाटन, घैयाखेतमा ४५ लाखको लागतमा ज्योर्तिलिङ् शिवालय मन्दिर निर्माण सुरु भएको छ ।महाशिवरात्रीको अवसरमा लिलाभक्त फाउण्डेशनका अध्यक्ष लिलाभक्त आचार्यले सिलान्यास गरेका छन् ।

पोखरा २२ भित्र पर्ने भए पाि १७ नं. नजिकै रहेको मन्दिर २०४३ सालमा स्थानिय प्रविधिबाट निमार्ण गरी पुजा आजा गर्दै आई रहेकोमा गत वर्ष २०७४ सालमा विधिवत दर्ता गरी मन्दिरको स्वरुप परिवर्तन गर्न लागिएको हो । प्यागोडा शैलिमा निर्माण हुने उक्त मन्दिरको लागत स्टिमेट करिब ४५ लाख रहेको निर्माण समितिले वताए । मन्दिर सिलन्यास गर्दै आचार्यले आफ्नो बाणिमा जस्तो सुकै अवस्था आईपरेता पनि संकल्प गरेको मन्दिर यो क्षेत्रकै ज्योतिस्वरुपको मन्दिर निर्माण गरिने त्यसका लागि स्थानिय बासिन्दाहरुको ठूलो हातबाट निर्माण भई संरक्षण भएमा यो क्षेत्रको विकास गर्न सकिने धारणा राखेका थिए ।

विशिष्ट अतिथि वडा नं. १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले मठ मन्दिर, पाटी पौवा, चौतारी जस्ता धार्मिक आस्था बोकेका बस्तुहरु निर्माण गर्नु, त्यसको संरक्षण गर्नु मानव धर्म भित्र पर्ने साथै यो क्षेत्र पर्यटकीय गन्तव्य पनी रहेकोले कलात्मक तरिकाले मन्दिरको निर्माण गर्नका लागि व्यक्तिगत तथा संस्थागत रुपमा हरेक क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अर्यालले करिव ४५ लाखको लागतमा कलात्मक रुपमा निकै राम्रो आकर्षक ज्योति स्वरुपको मन्दिर निर्माण गरीे आगामी २०७६ सालको शिवरात्रिमा समुदघाटन गरिने संकल्प गरेका थिए ।

हालसम्म मन्दिर निर्माणको लागि पोखरा २२ वडा कार्यालयबाट दुई लाख, महानगरपालिका कार्यालयबाट तिन लाख, लिलाभक्त फाउण्डेशन पोखराबाट एक लाख ११ एक सय ११, पोखरा २२, घैयाखेत निवासी विरबहादुर जि.सी.को परिवारबाट एक लाख पाँच रुपैया, आनन्द÷सावित्रा अर्यालको परिवारबाट ११ हजार एक सय ११, विष्णुप्रसाद पौडेलबाट १० हजार, सशस्त्र प्रहरी सहायक निरिक्षक सुरेन्द्रसिं भण्डारीबाट दुइ हजार पाँच सय, समावेसी आमा समुहबाट पाँच हजार, ई. राजेन्द्र लिगलबाट मन्दिरको आर्किटेक डिजाइन लागत स्टेमिट कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

बालन नृत्य तथा प्रतिष्ठान नेपालका अध्यक्ष खगराज शर्मा आचार्यले हरेक क्षेत्रमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्नका लागि बाद्य बाधक तथा नृत्य कार्यक्रम समेत समेट्ने गरी भवन निर्माण गरी मन्दिरको संरचना गर्नका लागि अन्य दातृ संस्थाहरुसंग समन्वयन गरी उत्कृष्ठ मन्दिर निर्माणमा लागि पर्ने संकल्प गरेका थिए । गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले मन्दिर संरक्षणका साथमा दैनिक पुजा चलाउनु ठूलो कुरा हो हाल यो अवस्थामा पनि मन्दिरको दैनिक कार्य चलिराखेको र मन्दिरको महान पुनःनिर्माण कार्य सुरु गरिएको प्रति खुशी व्यक्त गरेका थिए ।

मन्दिरका संस्थापक, पण्डित पुण्यप्रसाद बरालले मन्दिरको इतिहास तथा शिवजीको महिमाका बारेमा बताएका थिए भने शितलचौतारी टोल विकास संस्थाका अध्यक्ष हरी लम्साल, प्राकृतिक सम्पदा सरोकार समितिका अध्यक्ष ऋतुनाथ लम्साल, जुनतारा आमा समुहकी अध्यक्ष शान्ति भारती, समावेसी आमा समुहकी अध्यक्ष गंगा सुवेदी, पत्रकार कृष्ण रानाभाट लगाएतका धार्मिक तथा बैद्धिक व्यक्तिहरुबाट मन्दिरको प्रगति तथा सिघ्र निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।मन्दिरका सचिव गणेश जिसिका अनुसार विश्वशान्ति स्तुपा जान सबै भन्दा नजिकको बाटोमा नै मन्दिर पर्ने भएकोले बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुको केन्द्र विन्दु पर्ने साथै हरेक विहान मर्निङ वाक र मन्दिर दर्शन एकै साथ हुने वताए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खेमराज बरालले, धन्यवाद प्रमुख सल्लाहकार, संरक्षक पुण्यप्रसाद बरालले र कार्यक्रमको संचालन महासचिव मदन कुमार मैनालीले गरेका थिए ।

कमेन्टहरु
Loading...