शेखरको चिट्ठी कास्कीका प्रमुख जिल्ला अधिकारीलाई, मोबाइलको अनलक खोल्न कति पैसा ?

श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यु
कास्की पोखरा,

मैले बाध्य भएर हजुरको निम्ति यो चिट्ठी लेख्दै छु, हिजो बेलुका मेरो SAMSUNG 8 PLUS मोबाइल अनलक गर्नु पर्ने थियो। पोखराको भिमसेन

चोक महेद्रपुल आसपासका करिब सबै पसलमा पुगे प्राय सबैले 4500 देखि 1800 रुपैया सम्म लाग्ने बताए , म निरास भएर फर्कदै थिए , पछि

टेलिकम टावरको पश्चिम पट्टी को चोकमा रहेको मोबाइल पसलले 3 क्रेडिटमा सबैभन्दा सस्तोमा काम बन्ने भनेर 1200 रुपैया ( सबैभन्दा कम

नाफामा) तिरेर त्यो मोबाईल 10 मिनेटमा खोलियो। तर उस्को कति रुपिया लगानी भएको छ मलाई थाहा अहिले पनि छैन। म जस्तो मान्छेलाई यसरी

ठगिन्छ भने आम सर्बसाधारण जनता कति ठगिएका होलान यसको लेखाजोखा छैन त्यसैले यस्ता ब्यापारिलाइ कारबाही कहिले हुन्छ? त्यसैले मैले बाध्य

भएर यो चिठी लेख्दै छु मलाई पुर्ण बिश्वास छ यस्ता व्यापारी कारबाहिको दायरामा आउछन र जनताले सान्तिको सास फेर्ने छन।

निबेदक
उहीँ तपाईंको
शेखर गौतम
पोखरा 19

माथीको फोटो सबै भन्दा सस्तोमा अनलक खोलीदीने मोवाइल स्टेसन महेन्द्रपुलका ईश्वर रिमाल सहितको फोटो हो । उनका अनुसार अनलक खोल्दा १ हजार २६ रुपैया आफ्नो खर्च हुने र १२ सयमा रुपैया लिएको र १ सय ७४ रुपैया आफ्नो परिश्रमको लिएको बताए ।
टेलिकम टावरको पश्चिम पट्टीको चोकमा रहेको मोबाइल पसलले mobile station 3 क्रेडिटमा सबैभन्दा सस्तोमा काम बन्ने भनेर 1200 रुपैया ( सबैभन्दा कम नाफामा) तिरेर त्यो मोबाईल 10 मिनेटमा खोलियो।
कमेन्टहरु
Loading...