पोखराको सेतीखोचमा खसेका युवकको उद्धार (भिडियो सहित)

पोखराको सेतीखोचमा खसेका युवकको उद्धार

पोखरा, २७ माघ / पोखरा ९ बसपार्क नजिकै सेतीनदी खोँचमा खसेका युवकको प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेको छ । सोमबार बिहान सेती खोचमा भुपु ग्यारेजमा काम गर्दै आएका म्याग्दीका ३० बर्षिय आकाश गुरुङ खसेका थिए ।

सेती नदिमा कुकुर कराएको सुनेपछि कुकुरको उद्धारका लागि गएका उनि खोचमा खसेका थिए । उनी खसेको थाहापाए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

डोरीको सायताले नेपाल प्रहरी र शसस्त्र प्रहरीको उद्धार टोलीले उद्धार गरेका करिब २ घण्टा लगाएर पहिले गुरुङ र त्यसपछि कुकुरको पनि उद्धार गरेको छ ।

उनी कुकुरलाई धेरै नै माया गर्ने गरेको स्थानीयले बताए । एक दुई दिन पहिले कुकुर सेतीमा खसेको हुन सक्ने बताए ।

गुरुङ सेतीनदी भन्दा केही माथी खोचमा अड्कीएको अवस्थामा आफुहरुले उद्धार गरेको नेपाल प्रहरीको उद्धार टोलीका संयोजक श्याम श्रीवास्तवले बताए ।

‘उनी खोचमा नड्कीएको भए सेतीनदीले बगाउने रहेछ तर खोचमा अड्कीएका रहेछन्,’ श्रीवास्तवले भने ‘उद्धार गर्दा निकै डराएर बसेको भेटेका थियो ।’

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...