सरस्वती विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग

पोखरा, १० फागुन/भूकम्पद्वारा क्षतिग्रस्त कास्की ल्वाङ घलेल ९ सिदिङ स्थित सरस्वती आधारभुत विद्यालयलाई नेपाल आदिवासी जनजाति महासंघ जापानबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जापानका प्रतिनिधि श्रीप्रसाद गुरुङले मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापक शान्ती तामाङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै गुरुङले कास्कीको नितान्तै विकट गाउँमा रहेको विद्यालयलाई भुकम्पपछि क्षति भएको लामो समयपछि भए पनि सहयोग गर्न पाउदा खुसी लागेको बताए ।

उनले सहयोगी हातहरु शहर केन्द्रित नभएर गाउँ केन्द्रित हुन सबैमा आग्रह गरे ।  उनले रकम जुटाउन सहयोग पु¥याउने नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष पासाग शेर्पा लगायत कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद दिए । यसैविच तमु धिं जापानका अध्यक्ष एवं भलिबलका पुर्व राष्ट्रिय खेलाडी श्रीभक्त गुरुङले आफ्नो व्यक्तिगत तर्फबाट विद्यालयलार्ई २ थान भलिबल हस्तान्तरण गरे ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी राजबहादुर गुरुङले बिदेशको भुमिमा कार्यरत रहेता पनि मातृभुमी माथि बिपद आईलाग्दा गर्ने सहयोगी मनको प्रशंसा गरेका थिए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धनबहादुर तामाङको अध्यतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन कंडेल, शिक्षक विष्ण दाहाल लगायतले बिधालयको अबस्था बारे प्रष्ट्याएका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, विद्याथीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...