संस्थागत विद्यालय कास्कीको सार्वजनिक अपिल, विद्यालयका सबै कार्यक्रम स्थगित

पोखरा, ७ चैत / हाल विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण विश्वभरि र नेपालमा पनि देखिएको विषम परिस्थितिलाई मध्ये नजर गर्दै संस्थागत विद्यालय कास्कीले विद्यालयहरुलाई सबै कार्यक्रम स्थगित गर्न अपिल गरेको छ ।

शुक्रबार नीजि विद्यालयहरुका तीन वटा संगठनले संयुक्त विज्ञप्ती प्रकाशन गर्दै परीक्षाफल र विद्यार्थी भर्नाको कार्यक्रम स्थगित गर्न अनुरोध गरेको छ । अर्को सूचना जारी नहुँदासम्म शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको परीक्षाफल तयार पारिराख्ने तर नतिजा प्रकाशन र विद्यार्थी भर्नाको कार्यक्रम स्थगित गर्ने निर्यण गरेको प्यासन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्मा सुबेदीले जानकारी दिए ।

उनले वर्तमान परिस्थितिले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा पारेको र पार्न सक्ने सङ्कटप्रति सङ्गठनको दायित्वलाई आत्मसात गर्दै आ–आप्mनो क्षेत्रमा स्थानीय परिवेश अनुरुप सामाजिक उत्तरदायित्व बहन गर्न पनि विद्यालय संचालकहरुलाई अनुरोध गरेको बताए ।

उनले विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी र आम समुदायमा कोरोना भाइरसको प्रभाबबाट सुरक्षित रहन आग्रह गरे । विज्ञप्तीमा यूनिप्स नेपालका अध्यक्ष शन्तबहादुर गुरुङ, नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी र प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुबेदीले हस्ताक्षर गरेका छन् ।

कमेन्टहरु
Loading...