विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवाय दिन अनेरास्ववियुको माग, नदिए अनसन बस्ने

पोखरा, ९ बैशाख/निजी विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वितरण गर्नुपर्ने छात्रवृत्ति लागू नगराएको भन्दै पोखरामा महानगरको पालिकाको ध्यानाकर्षण गराइएको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भुगोल जिल्ला कमिटी कास्कीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो । शैक्षिक सत्र सुरु भएपछि अनिर्वाय वितरण गर्नुपर्ने छात्रवृत्ति अनेक बहानामा टार्दै आइरहेकोले महानगरलाई झक्झकाएको भुगोल कमिटी कास्कीका अध्यक्ष शेखर गौतमले बताए ।

उनले यस वर्षदेखि लागू नभए महानगर गेटमै अनसन तयारी समेत गरेको बताए । अध्यक्ष गौतम सहित ५ जना विद्यार्थी नेता छात्रवृत्ति लागू गराई अटेर गर्ने स्कुललाई कारबाहीको माग राख्दै अनसन बस्ने तयारी गरेको उनले जानकारी दिए ।

१० प्रतिशत अनिवार्य छात्रवृत्ति वितरण गर्नुपर्ने प्रावधान छ । तर अधिकांश विद्यालयले सो कोटामा समेत विद्यार्थी भर्ना गरी शुल्क लिँदै आएको पाएपछि अनेरास्ववियुले लागू गराउन पहल थाल्ने भएको जनाइएको छ । अध्यक्ष गौतमले यस वर्षदेखि सो दर बढाएर २० प्रतिशत कायम गराउन समेत माग गरिएको जानकारी दिए ।

सामुदायिक स्कुलको गुणस्तर सुधार गर्दै विद्यार्थीको पढ्नपाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेको छ। साथै निजी शैक्षिक संस्थाले लिदै आएको बार्षिक र मासिक शुल्क अबैग्यानिक भएकोले तत्काल नयाँ शुल्क निर्धारण गर्न माग गरेको छ ।

कमेन्टहरु
Loading...