बढि शुल्क लिएको भन्दै निजी स्कुलको लेखा शाखामा ताला

पोखरा, १४ बैशाख/कास्कीका पाँच विद्यार्थी संगठनले कास्कीका केही निजी स्कूलहरुमा अनुगमन गरी बढि शुल्क लिएका निजी स्कूलहरुको आर्थिक शाखामा बुधबार तालाबन्दी गरेका छन् ।

अनेरास्ववियु, नेविसंघ, अखिल छैठौं, अखिल कान्तीकारी, अनेरास्ववियु कान्तीकारीको केन्द्रीय कार्यक्रम अन्तर्गत कास्कीमा पनि आर्थिक शाखामा तालाबन्दी गरेको अनेरास्बवीयु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । केन्द्रिय अन्दोलन अन्तर्गतको यो तेस्रो दिनको आन्दोलनमा कास्कीका ६ वटा निजी स्कूलहरुमा तालावन्दि भएको छ ।

अन्य स्कूलहरुले स्वघोषित शुल्क फिर्ता नगरे तत्काल ठाउँको ठाउँ कारवाही गरीने गौतमले बताएका छन् । मंगलबार शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएर धर्ना दिएको थियो भने बिहीबार प्याप्सन र एन प्याप्सको कार्यलयमा तालावन्दि गरीने जनाएको छ ।

कमेन्टहरु
Loading...