सेती नदीले बगाएका तीन जना मध्ये एक सव तनहुँमा फेला

पोखरा, ४ साउन /साउन २ गते सोमबार दिउसो पोखरास्थत सेती नदीले बगाएका तीन जना मध्ये एकको सव फेला परेको छ । सोमबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ पशुपतिघाटमा नुहाउने क्रममा बगेर दाङको साविक ताप्रे गाविस ७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएको तीन जना बेपत्ता भएका थिए ।

ती मध्ये जिल्ला दाङ बणगलाचुली गाँउपालिका ३ पाखापानि बस्ने वर्ष १८ कि संगिता नेपालीको शव तनहुको रिसिङ गाँउपालिका १ हुक्सेखोला स्थित सेति नदिको किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बेपत्ता हुनेमा ध्वनी नेपाली र सुनील परियारको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नुहाउने क्रममा नेपालीद्धय , परिवार र गोम्छे सार्की सहित ४ जना गएका थिए । सुरुमा नदीमा पसेकी संगीता बगेपछि बचाउन गएका सुनीललाई पनि बगाएको र उनलाई बचाउन खोज्दा ध्वनीलाई पनि नदीले बगाएको गोम्छे सार्कीले बताए। सवको सनाखत पछि तनहु जिल्ला अस्पतालमा पोष्टमार्टमका राखीको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...