सरस्वती आदर्शको रजत जयन्तीमा पत्रकार महासंघलाई ७५ हजार सहित सम्मान

पोखरा, १६ फागुन/पोखरा लेखनाथ १९ लामाचौरमा रहेको सरस्वती आदर्श विद्याश्रम लामाचौरले रजत जयन्ती समारोहको असवरमा विभिन्न संघ संस्थाहरु, जनप्रतिनिधिहरु तथा विद्यालयमा लामो समय योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले नयाँ परिर्वतित अवस्थामा नेपालको शिक्षा नीतिमा समेत सुधारको खाँचो औल्याउदै सरोकारवाला पक्षसँग आवश्यक सुझावको अपेक्षा राखे । मन्त्री गुरुङले अवको शिक्षा व्यवसायिक र रोजगारमुलक हुनुपर्नेमा जोड दिँदै सोही वमोजिमको नीति निर्माणमा गरिने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालयले नेपाल पत्रकार महासंघ कास्की शाखालाई सम्मानपत्र तथा नगद ७५ हजार रुपैयाँ सहित सम्मान गरेको छ । कास्की जिल्लामा रहेका संचारकर्मीहरुलाई संगठित गरि जनतालाई सूचित गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महासंघ कास्की शाखालाई सम्मान गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङ तथा विद्यालयका संस्थापक प्राचार्य गणेशमान सिह भण्डारी लगायतले सम्मान गरेका थिए । सम्मान ग्रहणको लागि महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सल्लाहकारहरु वद्रीविनोद प्रतिक, रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष पुण्य पौडेल, नारायण कार्की, खेलकुद पत्रकार मंचका अध्यक्ष केशव पाठक तथा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागि भए ।

सोही अवसरमा विद्यालयले समाजका विशिष्ट योगदान पु¥याएकोमा सहारा क्लव पोखरा, नव आदर्श सामुदायिक विकास समाज, हिमाली सांस्कृतिक परिवार र वालमन्दिर विद्यालयलाई पनि नगद ७५ हजार तथा सम्मानपत्रले सम्मान गरेको छ ।

त्यस्तै माछापुच्छ«े गाउँपालिका ४ लाहाचोकमा रहेको जनजागरण आधारभुत विद्यालयलाई पनि सोही कार्यक्रमा ७५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । विद्यालयले ७५ हजार राशीको सरस्वती रजत कप अक्षयकोष स्थापना गरि खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट हुनेलाई वार्षिक रुपमा पुरस्कृत गर्ने भएको छ । विद्यालयले प्रकाशन गरेको वार्षिक विशेषाङ्क हामीको विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरदसिँह भण्डारी, प्रदेश सांसद कृष्ण थापा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. राधा भण्डारी लगायले आफ्नो भनाई राखे ।

कमेन्टहरु
Loading...