Ganthan News Pokhara
All news from Pokhara & around
Supertop

सराङकोटमा बेवारिसे शव

0

पोखरा, ३० जेठ/पोखरा १८ सराङ्कोटमा जेठ २३ गते फेलापरेको अन्दाजी २५/३० बर्ष उमेरकी महिलाको बेवारिसे शव सनाखत हुन नसकेको प्रहरीले बताएको छ । सराङ्कोट स्थित देउराली घुम्तीको सडक किनार ठोट्नेखोला सामुदायिक जंगलमा शव फेला परेको थियो ।

प्रहरीले लाशको घट्नास्थलको जाँच लगायतको प्रारम्भीक अनुसन्धान र पोष्टमार्टम गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको शव गृहमा राखेको बताएको छ । गहुँ गोरी वर्णकी मझौला शरिरकी महिलाले घाँटीमा रातो पत्थर भएको गोलो लकेट सहितको रातो पोते लगाएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

मंगल सुत्र, मीनीहार, दुबै कानमा पहेलो लुर्कन, बायाँ हातमा दुईवटा र दाहिने हातमा एक औठी लगाएको अवस्थामा लास फेवा परेको हो । मृतकका आफन्त फेला नपरेको प्रहरीले बताएको छ ।

अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...