शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

पोखरा, २८ असोज / नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गिय मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका छोरा समाजसेवी धर्मराज बराल भोलाले मंगलबार बराल निवासमै भएको एक कार्यक्रममा अक्षयकोष रकम हस्तान्तरण गरेका हुन् । अक्षयकोषको रकम तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रहेको छ ।

अक्षयकोष रकमको चेक युनियन कास्कीका अध्यक्ष नविन सिग्देललाई हस्तान्तरण गरिएको थियो । पूर्णप्रसाद, स्वर्गिय मायादेवी शान्ती पत्रकारिता पुरस्कार प्रत्येक वर्ष शान्ती, अध्यात्मिक तथा धर्मसंस्कारका क्षेत्रमा कमल चलाउने एकजना पत्रकारलाई प्रदान गरिनेछ । गत वर्ष पहिलोपटक पत्रकार राजबहादुर गुरुङलाई नगद पच्चीस हजार पाँच सय पचपन्न रुपैया सहित पुरस्कार प्रदान गरिएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष बरालले शान्ती पत्रकारितामा संलग्न श्रमजिवी पत्रकारलाई प्रोत्साहन स्वरुप आफूले सहयोग गरेको बताए । मंगलबार नै स्वर्गिय आमा मायादेवी बरालको वार्षिकी परेको र वार्षिकी कार्यक्रममै रकम हस्तान्तरण गरेका उनले आगामी दिनमा अक्षयकोषको रकम बढाएर पाँच लाख पु¥याउने आश्वासन समेत दिएका छन् । बरालले पत्रकारिता क्षेत्रमा आफूले सदैव सहयोग गरिरहने पनि बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, प्रेस युनियन कास्कीका सल्लाहकार डाक्टर बलराम उपाध्यय रेग्मी, प्रेस युनियन गण्डकी प्रदेश संयोजक टंक अधिकारी, केन्द्रिय सदस्य सरीता पँगेनी र ऋषिकान्त सिग्देलले पुरस्कार स्थापना गरेकोमा बराल परिवारप्रति धन्यवाद दिदै स्वर्गिय मायादेवी बरालको आत्माशान्तीको कामना गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रमको अध्यक्षता समेत गरेका युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले भर्खरै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका र केहि समयदेखि कलम चलाइरहेका श्रमविजी पत्ररकारहरुका लागि समेत युनियनले केहि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको घोषणा गरे ।

सिग्लेदले युनियनका सचिव प्रदिप पौडेल र कार्यसमिति सदस्य महेन्द्र ढुंगाना अश्वस्थ रहेको जानकारी दिदै दुवैजनाको स्वास्थ्य लाभको कामना पनि गरेका थिए । कार्यक्रमको संचालन उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले गरेको थिए ।

कमेन्टहरु
Loading...