शान्ती पत्रकारिता पुरस्कार राजबहादुर गुरुङलाई

पोखरा, १२ भदौ /नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारबाट राजबहादुर

गुरुङलाई पुरस्कृत गर्ने भएको छ । रमेश पौडेलको संयोजकत्व प्रतिभा छनौट समितिले राजबहादुरलाई छनौट

गरेको हो । छनौट समितिमा सदस्य सरस्वती गुरुङ, गीता विष्ट एवम् प्रतिष्ठानको तर्फबाट धर्मराज बराल

(भोला) र कुञ्जन बराल रहेका छन् भने पदेन सदस्य प्रेस युनियनका अध्यक्ष शिरोमणी बराल र सचिव प्रकाश

चन्द सापकोटा सहित ७ सदस्यीय छनौट समितिले गुरुङलाई सर्वसम्मतले छनौट गरेको थियो ।

नेपाल प्रेस यूनियन कास्की द्वारा संञ्चालित पुर्ण प्रसाद बराल मायादेवी बराल प्रतिस्ठानद्वारा स्थापित

गण्डकी प्रदेश स्तरीय शान्ति पत्रकारिता पुरस्कार २०७५ द्वारा पोखरामा आफ्नो कर्म थलो बनाइ लामो समय

पत्रकारताको माध्यमबाट सेवा पुर्याउदै आएका नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार राज बहादुर गुरुङलाई

प्रदान गर्ने निर्णय पुरस्कार छनौट समितिको सिफारिसमा युनियनको कार्यसमितिको बैठकद्वारा सर्व सम्मत

अनुमोदन गरिएको छ ।

पुरस्कार भदौ २२ गते बिहान ८ बजे पोखरा उद्योग बाणिज्य संघ को अमृत कक्षमा महयोगी सिद्धबाबा १००८ डा.

श्रीवैश्नव कृष्णदास जी महाराजका वाहुलीले प्रदान गर्ने कार्यक्रम रहेको छ । बुवा हिरा सिंह र आमा देवकुमारी

गुरुङको कोखबाट अन्नपूर्ण गाउपालिका–११ मा जन्मेका गुरुङ हाल पोखरा–१६ सेतिमार्गमा बस्दै आएका छन् ।

पत्रकारितामा स्नातक गरेका गुरुङ २०५१ साल देखि स्थानिय तथा राष्ट्रिय मिडिया मध्ये जनसत्ता साप्ताहिक,

सुचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श , तरुण, घटना र बिचार , जनमन्थन, सगरमाथा

टेलिभिजन, युनाइटेड दैनिक लगायतमा सम्बादाता, प्रकाशक, सम्पादक भई कार्य गरेका छन् ।

नेपाल पत्रकार महासंघद्वारा सन्चालित गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, तमु (गुरुङ ) संचारकर्मी संघ

नेपाल द्वारा सन्चालित “तमु पत्रकारिता पुरस्कार, तमु संस्कृतिक प्रतिष्ठान द्वारा सञ्चालित पार्बता

पत्रकारिता पुरस्कार तथा दर्जनौं संघ,संस्था बाट सम्मानित भईसकेका छन् ।

कमेन्टहरु
Loading...