संक्रमित बढेपछि गण्डकी प्रदेशमा नयाँ पिसिआर मेसिन, सञ्चालनको तयारीमा

पोखरा, २९ जेठ / पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याएका १ हजार ६ सय ६७ स्वाब परीक्षणका लागि क्युमा छन् । पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या बढ्दै जादाँ परीक्षणका लागि केही दिन पालो कुर्नु पर्ने अवस्था छ ।

गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा धेरै संक्रमित बाग्लुङमा भेटिएका छन् । भारतबाट आउने नागरिकको संख्या बढेसँगैे प्रयोगशालामा कोरोना भाइरसको परीक्षण पनि बढिरहेको छ । प्रयोगशालाका प्राविधिकहरूले पछिल्लो समय धेरै स्वाब संकलन भएकाले परीक्षणमा ढिलाइ हुने गरेको बताउ छन् ।

त्यसैलाई मध्ये नजर गरेर पोखरामा थप अर्को पीसिआर मेसिन गण्डकी प्रदेश सरकारले खरिद गरी ल्याएको छ । उक्त मेसिन क्षेत्रीय क्षयरोग उपचार केन्द्रमा राखेर परीक्षण अघि बढाउने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशले जर्मन कम्पनीको आरटी पिसिआर मेसिन खरिद गरेको उनले जानकारी दिए । आइतबार देखी नयाँ मेसिनबाट पनि परीक्षण शुरु हुने उनले बताए । अहिले दैनिक १५० वटा स्वाब परीक्षण भइराखेको उनले बताए । नयाँ मेसिनबाट काम सुरू भएपछि गण्डकी प्रदेशमा दुई वटा प्रयोगशालाबाट दैनिक ३ सय वटा नमूना परीक्षण गर्न सकिने उनले बताए ।

ल्याबको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्मा, प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र र स्वास्थ्य तालिम केन्द्रका निर्देशक खिम बहादुर खड्का, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखहरु शम्भु ज्ञवाली र डा. राम बहादुर के.शी., डा. डुक बहादुर क्षेत्री, प्रदेश जनस्वास्थ्य ल्याबका निमित्त निर्देशक सपना सुबेदी, डब्लुएचओका प्रतिनिधि डा. राजिब लालचन, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डा. मोनी सुबेदी, प्रदेश आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्मा लगायत स्वास्थ्य निर्देशानालय, प्रदेश क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य ल्याबका कर्मचारीहरु नानीबाबु दानी, सुभद्रा दुलाल, राजेन्द्र प्रसाद पौडेल सहितको टोलीले अनुगमन गरेको नबराज शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...