विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको सव पोखरामा, आजै अन्तेष्टि गर्ने

657

पोखरा, ५ चैत /फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको सव पोखरा ल्याएका छन् । पौडेलको सव एक साता पछि पोखरा ल्याएका हुन् । दुर्घटनामा परि ओगोले जगलेर सव चिन्न कठिन भए पछि एक साता पछि मात्रै सव पोखरा ल्याएका हुन् ।

पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेल युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुदाँ बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेलको मृत्यु भएको थियो । उनका बाबु दामोदर पौडलले पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् ।

सञ्जय एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथा मा विमा साइन्स पढेका थिए । आजै अन्त्यष्टि गर्ने परिवारीक स्रोतले जनाएको छ ।

 

अघिल्लो जहाज रद्ध हुदाँ पोखराका पौडेल जहाज दुर्घटनामा परि निधन

पोखरा, ३० फागुन /पोखरा ६ जरेबरका सञ्जय पौडेल एमबीबीएसको अध्ययन सकेर नेपाल फर्कने क्रममा थिए । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा उनी र उनका आफ्न्तका सपनाहरु पनि टुटे । सानै देखि साथी भाई र घर’round छरछिमेकी संग घुलमिल हुने स्वभावका सञ्जयको मृत्युले अहिले गाउँ नै शोकमा परेको छ ।

एमबीबीएसको अध्ययन सकेर लामो बिदामा दाजु घर आउने भएपछि सञ्जयकी बहिनी अञ्जली पोखराबाट दाईलाई स्वागत गर्न काठमाण्डौको त्रिभुवन विमानस्थलमा पुगेकी थिइन् । यसै गरि भाई अध्ययन सकेर नेपाल फर्कने भएपछि जापानमा रहेका सञ्जकी दिदी सजनी र भिनाजु पनि नेपाल फर्कदै थिए । उनी सगँ काठमाडौबाट पोखरा आउने कार्यक्रम रहेको थियो । आमा अन्नपूर्णलाई अहिलेसम्म छोराको मृत्युको ’boutमा घर परिवार र आफन्तले जानकारी दिएका छैनन् । र पनि आमालाई संका जागी सकेको छ । काठमाडौ पुगेका बाबुको मंगलबार मात्रै होस्मा आएको परिवारका सदस्यले बताए ।

‘एक दिन अघि भाई नेपाल आउने टिकट थियो, अघिल्लो दिनको टिकट रद्ध भए पछि भोली पल्ट आएका हुन् ।’ यस्तो घटना भयो सञ्जयका ठुली आमाका छोरा सुकदेव बरालले सुनाए । भाई सँग अन्तिम पटक नयाँ बर्षमा शुभकामना दिएको थिए । उसले एमबीबीएसको पढाई चलेको र तीन महिना पछि नेपाल आउने भनेपछि डिष्टब नगरौ भनेर सम्पर्क गरेका थिइन । अहिले यस्तो दुःखद समाचार सुन्दा पत्याउनै सकीरहेको छैन उनले भने ।

बंगलादेशबाट आएको दाजु चढेको विमान दुर्घटनामा परेको थाहापाएपछि अहिले सञ्जयकी बहिनी र दिदी मात्र होइन गाउँ नै चिन्तामा छ । कास्कीको माछापुच्र्छे गाउँपालिका ६ धिताल घर भई पोखराको जरेवरमा बस्दै आएका दामोदर पौडेलका सञ्जय एक्ला छोरा हुन् । उनका दुई छोरी पनि छन् ।

पोखराको मदरल्याण्ड माविबाट एसएलसी पास गरेका सञ्जलयले सगरमाथा माविमा बिज्ञान बिषयमा २०११ मा प्लसटु पास गरेका थिए । सञ्जय अध्ययनमा सानौ देखि मेधावी रहेको मदरल्याण्ड माविका प्राचार्य त्रिभुवन बरालले बताए । उनले एसएलसी र प्रमाणपत्र तह डिष्टिनसन ल्याएर पहिलो श्रेणीमा पास गरेका थिए ।

उनि सँगै एबीबीएस अध्ययन सकेर नेपाल फर्किएका १० जना नेपाली बिद्यार्थीको पनि मृत्यु भएको छ । मृतक बिद्यार्थीहरु राजीव रबेया मेडिकल कलेज सिलहटका बिद्यार्थी हुन् । एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनु अघि १३ जना बिद्यार्थी दुई महिनाको घर विदामा नेपाल आएका थिए । दुर्घटनामा मृत्यु ५१ जनाको मृत्यु भएको थियो ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...