पश्चिमाञ्चल अस्पतालमा सेनिटाइजर टनेल, ५ सेकेन्डमै होलबडी सेनिटाइज

पोखरा, ८ वैशाख/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्व पट्टीको गेटमा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले उक्त सेनिटाइजर टेल निर्माण गरेको हो ।

उक्त टनेलको प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सोमबार शुभारम्भ गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद अधिकारीले प्रोगेसिभ इन्जिनियर्स एसोसिएसनले गरेको यो कार्य प्रशंसनीय रहेको बताए । उनले इन्जिनियरहरुले नयाँ खोज र अनुसन्धना गर्नुपर्ने बताउँदै कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिन आग्रह गरे । पोखरा स्वपास्थ्य विज्ञान प्रतिष्ठाका उपकुलपति डाक्टर बुद्धिबहादुर थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउँदै यसको संरक्षणमा प्रतिष्ठानले ध्यान दिने बताए ।

प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीका कार्ववहाक अध्यक्ष इन्जिनियर महेन्द्रबहादुर गोदारले टनेलले होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने बताए । अस्पतालमा भीडभाड हुने भएकाले एसोसिएसनले टनेल निमार्ण गरी अस्पतालमा जडान गरिएको बताए ।

५ सेकेन्डमा होलबडीलाई सेनिटाइज गरिसक्ने स्वाचालित सेनिटाइजर टनेल बनाउँदा १ लाख ५० हजार खर्च भएको र एसोसिएसनका इन्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरी टनेल निर्माण गरेको एसोसिएसनका सचिव इन्जिनियर सुरेश तिमिल्सेनाले बताए ।

कार्यक्रममा प्रदेश सांसद कृष्ण थापा, मनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ लगायतको उपस्थिति थियो ।

कमेन्टहरु
Loading...