स्याङ्जामा आज पनि मोटरसाइकलमा आगजनी

लोकराज भण्डारी
स्याङ्जा, २७ कार्तिक/नेकपा–माओवादी सहितको ३३ दलिय मोर्चाले आयोजना गरेको यातायात बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बुधबार बिहान स्याङ्जामा पुनः एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । स्याङ्जाको वालिङबाट गल्याङतर्फ जा“दै गरेको लु १२ प २७८४ नम्बरको मोटरसाइकललाई आज बिहान सिद्धार्थ राजमार्ग अन्तर्गतको तीनदोबाटे गाविस–६, चिउरीमा बन्दकर्ताले जलाएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिएका छन् ।

आगजनीका कारण मोटरसाइकल पूर्ण रुपमा ध्वस्त भएको छ । मोटरसाइकल चालक थुमपोखरा गाविस–८ का नारायणविक्रम खा“णका अनुसार बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै मोटरसाइकलबाट आ“फुलाई ओर्लन लगाएर आगजनी गरेका हुन् ।

यसअघि मंगलबार अपरान्हमा पोखराबाट स्याङ्जातर्फ आउ“दै गरेको ग ६ प २१२५ नम्बरको मोटरसाइकललाई फेदीखोला गाविस–१ वडाचौरमा आगजनी गरिदिएका थिए । त्यस्तै ग १ ज ३६९३ नम्बरको ट्याक्सीलाई भालुपहाडमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका थिए ।

कमेन्टहरु
Loading...