पत्रकार सन्देश श्रेष्ठ पृथ्वी पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पोखरा, ३ भदौ / पत्रकार सन्देश श्रेष्ठ पृथ्वी होटल पर्यटन पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन् ।

शनिवार पृथ्वी होटल ब्यबसायी समिति पोखराको सातौँ साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा पत्रकारिता मार्फत पर्यटन प्रवद्र्धनमा

योगदान पु¥याएको भन्दै श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।

गण्डकी प्रदेशका उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले श्रेष्ठलाई नगद ५ हजार ५ सय ५५, सम्मानपत्र र दोसल्ला ओढाएर

पुरस्कृत गरे । डेढ दशकदेखी पोखरालाई कर्मथलो वनाएर सक्रिय पत्रकारितामा गरिरहेका श्रेष्ठ रेडियो अन्नपूर्णको वरिष्ठ संवाददाता तथा अनलाईन

खवर डटकमका पोखरा संवाददाताको रुपमा कार्यरत छन् । श्रेष्ठ प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्षसमेत रहेका छन् ।

कार्यक्रममा पर्यटन मन्त्री लम्सालले वुढी गण्डकी देखी कालीगण्डकी र कोरलादेखी नवलपुरसम्मको गण्डकी प्रदेशको क्षेत्रमानै पर्यटन प्रवद्र्धन गरिने

भनाई राखे । सरकारको वार्षिक नीति तथा कार्यक्रममानै पर्यटनलाई समृद्धिको मुख्य आधारको रुपमा लिएर सरकारले सोही वमोजिम कार्यक्रमहरु

संचालन गर्ने भनाई मन्त्री लम्सालको छ । पुरस्कृत व्यक्तित्व सन्देश श्रेष्ठले संस्थाले प्रदान गरेको पुरस्कारवाट आफुलाई अझै निरन्तर

पत्रकारितामा लाग्न उर्जा मिलेको र सम्पूर्ण पत्रकारको सम्मानको रुपमा आफुले लिएको भनाई राखे । कार्यक्रममा राष्ट्रिय घरभाडा सरोकार समिति

कास्कीका अध्यक्ष यमनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमवहादुर राना, पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु

अधिकारी, संस्थाका संस्थापक अध्यक्ष रिजन शेरचन, अध्यक्ष कमलप्रसाद न्यौपाने, उपाध्यक्ष हरीप्रसाद पाण्डे तथा महासचिव वालकृष्ण निउरे

लगायतले भनाई राखे ।

कमेन्टहरु
Loading...