सम्पादकको ऐक्यवद्धताप्रति संचारमन्त्री आक्रोशित, धर्मेन्द्र झा सम्मानीत

पोखरा, १३ साउन /स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई साथ दिएको भन्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संचारमाध्यमका सम्पादकप्रति असन्तुष्टि दोहोराएका छन् । ‘कसै पक्षमा सम्पादकहरु हुन सक्छन् तर वक्तव्य दिन्छन् जस्तो लाग्दैन,’ आइतबार पोखरामा आयोजीत सम्मान कार्यक्रममा मन्त्री बाँस्कोटाले भने ‘कुनै व्यक्तिको पक्षमा सम्पादकीय पक्ष हुन सक्छ तर वक्तव्य नै जारी गर्ने कस्तो स्वतन्त्रता हो ।’

मन्त्री बास्कोटाले शनिबार पनि पोखरामा भएका पत्रकार सगँको अन्तरक्रिया कार्यक्रममा सम्पादकले गरेको सर्मथन आलोचना गरेका थिए ।नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको दयाशंकर स्मृती पत्रकारीता पुरस्कार धर्मेन्द्र झालाई प्रदान गर्दै उनले मिडाया आरोप कर्ता हैन आलोचक बन्नु पर्ने बताए ।

मन्त्री बाँस्कोटाले अनलाईन संचारमाध्यमलाई पनि मूल पत्रकारिताको विषयभित्र ल्याउने गरि कानुन बनाउने बताए । सामाजिक सञ्जाल र अनलाइन एउटै हो भन्ने सन्देश गएकोले पनि अनलाइनलाई व्यवस्थीत गर्नका लागि काुननी प्रावधान ल्याउन थालेको उनले बताए । ‘सामाजिक सञ्जाल र अनलाईन एउटै हो भन्ने सन्देश गएको छ,’ उनले भने, ‘तर, सामाजिक सञ्जाल र अनलाइन एउटै होइन ।’

उनले समानुपातिक विज्ञापनसँग सम्बन्धित ऐन आउन थालेको पनि जानकारी दिए । बारम्बार पत्रकारिता क्षेत्रले उठाउँदै आएको समानुपातिक विज्ञापन नीति अन्तर्गतको विज्ञापन ऐन आउन थालेको बास्कोटाले बताए । उनले साना मिडियालाई पनि रक्षा गर्ने गरी ऐन ल्याउन बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष समेत रहेका पत्रकार धर्मेन्द्र झालाई मन्त्री बाँस्कोटाले नगद २५ हजार, दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...