सामुदायिक विद्यालय पोखराको अध्यक्षमा देवराज शर्मा

पोखरा, ३१ वैशाख /सामुदायिक विद्यालय साविकको उच्च माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूको नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन पोखरा लेखनाथ महानगरपालीकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले देवराज शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा माधव अधिकारी, सचिवमा चक्रपाणी सुवेदी, सह सचिवमा सत्यराज कँडेल, कोषाध्यक्षमा पवित्रा बराल, सदस्यहरूमा हरि प्रसाद देवकोटा, दिपक त्रिपाठी, विष्णु देवकोटा, मदन थापा, हरि के.सी. चुडामणी तिमिल्सिना, सविन चन्द्र तिवारी, रामचन्द्र अधिकारी, युवराज पोख्रेल, भोजराज अधिकारी, कृष्ण भट्टराई र प्रकाश पन्त रहेका छन ।

कमेन्टहरु
Loading...