हेमजामा राष्ट्रिय युवा नेतृत्व विकास तथा व्यवस्थापन प्रशिक्षण

हेमजा, ९ माघ/कास्कीको हेमजामा विहीबार देखि सञ्चालित ३ दिने राष्ट्रिय युवा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम शनिवार सकिएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना तथा हेमजा युवा रेडक्रस सर्कल र नेपाल रेडक्रस सोसाइटी कास्कीको व्यवस्थापनमा सञ्चालित ३ दिने तालिममा २२ जिल्लाका युवा रेडक्रस सर्कलका स्वयसेवकहरुको सहभागिता रहेको थियो ।

तालिममा नेपाल रेडक्रस सोसाइटीका खेमराज सापकोटा, सुर्दशन अधिकारी, बालकृष्ण सेढाई, जिल्ला शाखाका मन्त्री कृृष्ण तिमिल्सिना, सुर्य ढकाल, पोखरा उपमहानगर पालिकाकी दुर्गा न्यौपाने लगायतले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले राष्ट्रिय युवा नेतृत्व तथा व्यवस्थापनका विविध विषयमा ज्ञान हासिल गरेका छन् ।

समापन कार्यक्रमको अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति बामदेव ढुङ्गानाले तालिमबाट सिकेका कुराहरुलाई सर्कल मार्फत रेडक्रस कर्मीहरुलाई सिकाउन सहभागीहरुलाई अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री कृष्ण तिमिल्सिनाले तालिमबाट मात्र सिकेको ज्ञान प्रर्यात्त नहुँने हुँदा तालिममा सिकेका कुराहरुलाई व्यवहारिक जीवनमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सदस्य पूर्णलाल भण्डारीलाई रेडक्रसमा अहोरात्र खटी, स्वयसेवी सेवा प्रदान गरेको मुल्याङकन गर्दे सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको छ ।

युवा रेडक्रस सर्कल हेमजाका सभापति सुनिल गायकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरु युवा रेडक्रस सर्कल सुनसरीको त्रिपुरा भण्डारी, काभ्रेका रामभक्तु हुमागाँइ, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा सभापति कृष्ण प्रसाद पौडेल, सम्मानित व्यक्ति पूर्णलाल भण्डारी लगायतले बोल्नुभएको कार्यक्रमको सञ्चालन हेमजा युवा रेडक्रस सर्कलका सचिव सुदीप त्रिपाठी प्रतीकले गर्नुभएको हो ।

कमेन्टहरु
Loading...