कोरोना भन्दा खतरा बन्न सक्छ सलह

सलह
0

विश्व सिग्देल
पोखरा, १७ जेठ/ हिन्दुहरु प्रलय भन्छन ,इस्लाममा कयामत । के अब इ दिनहरु नजिकै छन ? पाँच करोडको ज्यान लिनेगरी आएको स्पेनिस फ्लू महामारी भन्दा सलहको आतंकले धेरैको ज्यान जान्छ ।मृत्युको तरिका भने निसन्देह फरक छ । एउटामा रोगले मर्छन एउटामा भोकले ।

यो सलहले ६०/ ७० बर्ष अगाडी नेपालमा आतंक मच्चाएको बुढापाकाहरु बताउँ छन् । सलहहरु आकाश ढाक्ने गरेर आए, सुर्य ढपक्कै छोपिने गरी आए, मध्यान्हमै रात परे जस्तो भयो भन्थे । सरदर एक बर्गमिल आकाश छोप्ने गरी झण्डै आठ देखी दस करोड सलहहरु गाँउ पसे पछी अन्नबाली त के रुखका बोक्रा डांठ समेत मिनेट भरमा सफाचट हुने रहेछन् ।

दिनकै १०० मिल जतिको यात्रा गर्ने यिनिहरु एक ठाउं सकेपछी अर्को गर्दै देशै सखाप पार्ने भएपछी कल्पना गरौं देशको हालत के होला ? यसलार्इ मार्न बिष छर्ने भनेको कुरुक्षेत्रको अठ्ठार औक्षणी सेनामा एक्लै गुलेली लिएर उभिने बराबर हो ।बन्दुक पड्काउने थाल ठटाउने टांगाले हान्ने यि सबै हास्यास्पद प्रयास हुन्छन , जब यिनिहरुको आक्रमण सुरुहुन्छ । यिनिहरुको रोकथाम भनेको पर्याबरण प्रतिको संबेदनसिलता र प्रकृति प्रति जिंवेवारपुर्ण ब्यबहारनै हो ।

बंगलादेशले अरब रुपियांमा भ्याकुता पाहाहरुको खुट्टा निर्यात गर्थ्यो ,खरबमा किटनासक बिषादीहरु आयात गर्थ्यो ।उसले यो बुझेन की भ्याकुता पाहाहरुले प्राकृतिकरुपमै बालीनासक सत्रुजिबहरु सखाप पारिदिन्छन् । बंगलादेशले बिषादी माथिको खर्च र जनस्वास्थ्यमा पर्ने घातक प्रभाब त्यतिखेर बुझ्यो जतिखेर ठुलो नोक्सान भैसकेको थियो । अहिले बंगलादेशमा पाहा र भ्याकुटाको खुट्टा निर्यातमा प्रतिबन्ध छ ।

भंगेराले अन्नपात खाइदिएर दुइ करोड चिनिया भोकमरीले मरेको निष्कर्ष निकाल्दै भंगेरा मार्ने जनअभियाननै माओले चलाए । भंगेरा त मरे तर भोकमरी थामिएन, भोकले मर्नेको संख्या झन दोब्बर भयो । अनुमानित दस करोड (आंकडा बिबादित छ) चिनिया गुमाएर चिनले पाएको आत्मज्ञानले आज चिन हराभरा छ, चिनियाहरु हृष्टपुष्ट छन् ।

७० बर्ष अघिको सलह आपदा युरोपमा फैलिएको तिब्र औधोगिक करण नै थियो । जसले दुर्इ तिहाइ भूगोल ओगटेको उपनिबेसहरुको समेत प्राकृतिक बाताबरण कच्चा पदार्थको स्वार्थमा ध्वस्त पार्यो । वनहरु सखाप पारे, औद्योगीक कच्चा पदार्थ, खनीज पसुपालनका लागि जंगल सफाचट पारे सुन चांदी कोइला फलाम आदि खनिजको खोजमा पहाड खोतलेर ध्वस्त पारे ,नदी तालहरु खोली खोल्साहरु औद्योगिक कचराले प्रदुषित बनाए । जंगल जनाबर चराचुरुंगी नास भएपछी जे हुने थियो भयो । यो अबस्था त सलह जस्ता सत्रुहरुको लागि स्वर्ण अवसर थियो ।

मानिस ,घरेलु जनावर र जंगली जनाबरहरुको बिचको बफर क्षेत्र मात्र हैन , मानीसको उत्पत्ति भन्दा पुराना बर्षाबनहरु माथीको अतिक्रमणले कोरोना र यस्तै प्रकारका घातक महामारीहरु फैलने बिज्ञानिहरुको कथन छ । हिजो सहारा मरुभूमि घना बनक्षेत्र भएको प्रमाणित भएको छ भने आज अमेजनको घना बर्षाबन मरुभूमिमा रुपान्तरणको प्रतिक्षामा छ ।

जंगली जनाबर र मानिस वा घरपालुवा जनाबर बिचको लसपस एवं खतरनाक भाइरसहरुको बासस्थान माथिको छेडछाड यि भाइरस आपदाका कारण हुन भनिन्छ ।कोरनाका भाइरस त १९३० आसपासमा थियो ,साइबेरीयको कोणधारीबन क्षेत्रमा दबिएर बसेको थियो भन्छन् ।

हाम्रा चारकोशे झाडी त सक्यौं सक्यौं , अबशेष रहेका बारा पर्साका बर्षाबनमा डोजर चलाउंदैछौं । मानिसनै नरहेको देशमा जहाज चडने कुन प्राणिले हो ? विकासका मेघा संरचनाहरु कस्का लागी हुन भन्ने प्रश्न को जबाफ केही दिन लकडाउनमा देखिएका एयरपोर्ट र कलकारखानाका मसानघाटे सुन्यताले दिएको छ ।

चरा सर्प लगाएत हजारौं सानाठुला जनाबरहरुका आहार मानिसहरुका सत्रुजिबहरु हुन । यिनैको सिकार बेचबिखन तथा यिनिहरुको आहार र बासस्थान समाप्त पारिदिएपछी यि खतरनाक किराफट्यांग्राहरु भाइरसहरु हाम्रा टाउका वरीपरी नघुमे कहां घुम्छन ?

फेरी एकचोटी सलहहरुको समुह अफ्रिका अरब हुंदै भारत संम आइ पुगेको छ ।अब हाम्रो नाक संम मडारिंदै छ । हिजो सलहको अतिक्रमण हामीले ठुलो नोक्सानि बिनै झेल्यौं । त्यति ठुलो क्षतिहुन नसक्नुको कारण बिसाल बन क्षेत्र, त्यहां सलह जस्ता सत्रुजिबलाइ आहार बनाइदिने चराचुरुंगी सर्प आदिको लागी उत्तम बासस्थान र आहारको प्रबन्ध थियो भने बनजन्य रुखपात फलहरुले सलहलाइ आहार दिएर उनिहरुलाइ बालिनालीमा नपस्न पर्खाल पनि बनेका थिए।

सलहको बथान उत्तर प्रदेश बिहार बंगाल हुंदै बर्मा पुग्यो भनेत हामि बाच्यौं तर हामि माथि हुंदै आयो भने , कोरनाको कहर त के कहर हुन्छ ,सलहको कहर पो कहर हुन्छ । तथापि भारतमा हुने सलहको अतिक्रमणको पनि हामि माथि परोक्ष प्रभाब त रहन्छनै । यो आतंक राजस्थान गुजरात पञ्जाब बाटै समाप्त होस् ।

(विश्व सिग्देलको फेसबुकबाट लिएको हो )

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।

रिप्लाई दिनुहोस्

कमेन्ट गर्न इमेल आवश्यक छ तर सार्वजनिक गरिने छैन ।