बहुउदेश्यीय किसान सहकारीको बद्धाआश्रमलाई सहयोग

पोखरा, ४ जेठ/बहुउदेश्यीय किसान सहकारी सस्था पोखरा महानगरपालिका वडा न. २५ हेमजाले पोखरा बद्धाआश्रम सितापाइला पोखरालाई सहयोग गरेको छ । सस्थाको १९ औ स्थापना दिवसको अबसर पारी सहयोग गरेको सस्थाका ब्यबस्थापक हरि त्रिपाठीले जानकारी दिए ।

सो अबसरमा आश्रममा रहेका ५५ असक्त बृद्धबृद्धालाई खाना खुवाइएको थियो ।कार्यक्रममा आश्रमका प्रमुख संरक्षक बसन्त केशब पराजुलीले बृद्धा आश्रमको बारेमा भन्दै अहिलेसम्म बिभिन्न सघं सस्थाले सहयोग गर्दै आएको उल्लेख गरे । आगमी दिनमा पनि यस्तै सहगागको अपेक्षा गरेको उनले बताए ।

सोहि अबसरमा सहकारीका अध्यक्ष धर्मराज बाँस्तोलाले स्थापना कालको अबसर पारि आश्रमलाइ सहयोग गर्न पाएकोमा खुसिस ब्यक्त गर्दै सस्थाले गरेको सहयोग ठुलो नभएको बताउदै बाबाआमा सगँ आसिर्वाद लिने काम गरेको उल्लेख गरे । सस्थाका अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन सचिब मोतिराम तिमिल्सिनाले गरे ।

कमेन्टहरु
Loading...