आमाको स्मृतीमा गौचनद्धारा गाउको विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान

पोखरा १५ फागुन / आफ्नो आमाको स्मृतीमा यहांका एक ब्याक्तिले गाउको स्कुललाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरेका छन । कास्कीको अन्नपूर्ण गाउपालिका ८ का स्थानिय कास्की जिल्ला भलिवल संघका उपाध्यक्ष तथा अन्नपूर्ण गाउपालिकाका कार्यसमिती सदस्य समेत रहेका खगेन्द्र गौचनले आफ्ना स्वर्गीय आमा प्रेम कुमारी गौचनको स्मृतीमा अन्नपूर्ण गाउ पालिका ८ तमु गाउमा रहेको विद्याज्योती प्राविमा अध्यनरत बिद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन ।

सोमबार गौचनले तमु गाउमा रहेको विद्याज्योती प्राविमा पुगी विद्यालयका प्रध्यानाध्यापक मन प्रसाद गुरुङ, विद्यालय ब्यवस्थापन समितीका सदस्य चिज बहादुर नेपाली र विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन । उक्त अवसरमा वोल्दै कास्की जिल्ला भलिवल संघका उपाध्यक्ष तथा अन्नपूर्ण गाउपालिकाका कार्यसमिती सदस्य समेत रहेका गौचनले आफ्नो गाउमा रहेको विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गर्न पाउदा निकै खुसी लागेको वताए ।

गौचनले सरकारी विद्यालयमा अझैपनि पर्याप्त शैक्षिक र खेलकुद सामाग्रीहरु उपलब्ध हुन नसक्दा विद्यार्थीहरुले आफुले पढेको कुरालाई ब्यवहारमा उतार्न नसकेको भन्दै आफ्नो आमाको स्मृतिमा थोरै भएपनि सामाग्री हस्तान्तरण गरेको र आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने वताए ।

सो अवसरमा वोल्दै विद्यालयका प्रध्यानाध्यापक मन प्रसाद गुरुङले आफ्नो विद्यालयमा गौचनले गरेको सहयोगबाट बिद्यार्थीको शैक्षिक र खेलकुद गतिविधीमा थप टेवा पुग्ने वताए । उक्त अवसरमा अन्नपूर्ण गाउ पालिका वडा नम्बर ८ का वडा सदस्य टेक बहादुर गुरुङ, समाजसेवी तथा वडा नम्बर ८ का वन उपभोक्ता समितीका उपाध्यक्ष तिल बहादुर गुरुङ, बहाकोट बराह युवा क्लवका उपाध्यक्ष राम प्रसाद ढुंगाना, तमु युवा परिवारका सदस्यहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...