सफल सहकारीको मानव सेवा आश्रममा सहयोग

पोखरा, १३ असार /पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटन स्थित सफल वचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रममा आर्थिक सहयोग गरेको छ ।सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ छोरेपाटनमा सञ्चालित आश्रमलाई एक छाक खाना बरावर १७ हजार पाँच सय रुपैया नगद सहयोग गरेको हो ।

आश्रममा आज आयोजित एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष हरिप्रसाद बास्तोलाले आश्रमका सहसंयोजक राजन सापकोटालाई सो रकम हस्तान्तरण गरे ।डेढ महिने शिशुदेखि ९० बर्ष उमेर समूहका ९० जना आश्रित व्यक्ति एवम् सात जना सेवकसेविका रहेको आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

खुला आकाशमुनि सडकका किनारा एवम् सार्वजनिक स्थालमा कष्टपूर्ण जीवन यापन गर्न वाध्य समाजका असहाय तथा मनोरोगी मानिसको उद्धार गरि पालन पोषण संरक्षण एवम् पारिवारिक वातावरण संस्थाले प्रदान गर्दै आएको छ ।

२०७४ साल चैत महिनामा स्थापित भै सञ्चालनमा आएको संस्थाले हालसम्म खुला आकाश मुनि सडकमा मागी खाने र मनोरोगी दुई सय ५५ जनाको उद्धार गरेको र ती मध्ये ८० जनालाई घर परिवारमा पुर्नस्थापित गरिएको संयोजक तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा सहकारीका संचालक समितिका पदाधिकारी तथा सदस्य, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक एवम् सदस्यहरुले आश्रममा आश्रित सम्पूर्ण परिवारलाई भोजन गराएका थिए ।।

कमेन्टहरु
Loading...