Ganthan News Pokhara
All news from Pokhara & around

पोखराका तीनवटा वडा जोड्ने सडक स्तरोन्नति गरिदै

0

पोखरा, १ असार/ पोखरा महानगरपालिकाको तीन वटा वडा जोड्ने फुलवारी, भलाम हुँदै बाटुलेचौर सडकको स्तरोन्नति गर्ने कार्य शुरु भएको छ ।

पोखराको ११ फुलवारी देखि २० को मुख्य केन्द्र भलाम र वडा नं. १६ बाटुलेचौर जोड्ने कूल ११ मिलोमिटर सो वाटो प्रदेश सरकारको चार करोड ४० लाख रुपैयामा स्तरोन्नति भई रहेको बाटो उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर गौतमले जानकारी दिनुभयो ।

पोखरा बजारको बैकल्पिक बाटोको रुपमा लिइएको नाला सहित नौ मिटर चौढाईको सो बाटो फराकीलो बनाउँने क्रमसंगै हेमपाई एवम् आवश्यकता अनुसार पर्खाल समेत निर्माण गरिएको उहाँको भनाई छ ।

तीन दशक अघि ट्रयाक खोलीएको सो बाटोको स्तरोन्नतिसंगै तीन वटै वडाका जनतालाई पोखरा आवत जावतमा सुविधा पुग्ने बताउँदै उहाँले निर्माणका क्रममा जग्गा धनीसंग केही विवाद भएपनि आपसी समझदारीका आधारमा समाधान खोजिएको बताउनुभयो ।

पोखरा २० का वडाध्यक्ष सिम गुरुङले सो निर्माणाधीन बाटोको निरीक्षण गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सडक निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले विकास निर्माणमा स्थानीय वासिन्दाको रेखदेखले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

तीनवटै वडालाई पोखरासंग जोडने बैकल्पिक सो सडक निर्माणसंगै यस क्षेत्रको उत्पादनको बजारीकरण सहित स्थानीयवासिन्दालाई यातायाताको सुविधा पुग्नेमा उहाँको विश्वास रहेको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु