पोखरामा ९ लाख घुस रकम सहित सडक डिभिजनका प्रमुख सहित ५ जना पक्राउ

पोखरा, २४ साउन / सडक डिभिजनल कार्यालय पोखराका प्रमुख सहित ५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले नौ लाख रूपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । आयोगको पोखरा टोलीले बिहीबार साँझ इन्जिनियर हरिकुमार पोखरेल सहित ५ लाई पक्राउ गरेको हो ।

डिभिजन सडक कार्यालय, पोखरा अन्तर्गत विध्यवासीनि सिमपानी सडक योजनाहरुको भुक्तानी तथा पेश्की निकासा गरे बापत जीएसआर निर्माण सेवा संचालक ऋषि गौतम, इञ्‍जिनियर पवित्रमणी आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई पक्राउ गरेको छ ।

सडक डिभिजन कार्यालयको सरकारी निवासबाट स्रोत खुल्न नसकेको शंकास्पद घुस रिसवत रकम ९ लाख सहित चार जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालले जानकारी दिए ।

घुस बापतको रकम दिए लगत्तै डिभिजन सडकको सरकारी निवासबाट फरार भएका जीएसआर निर्माण सेवाका प्रोपाइटर ऋषि गौतमलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरी थप अनुसन्धान थालेको कोइरालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका पाँचै जनालाई शुक्रबार नै काठमाडौ लैजान तयारी भएको प्रहरीले जानकारी दिए । दुईवटा झोलामा एक हजारको ४ लाख र ५ सयको ५ लाख गरि ९ लाख रुपैया रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...