रोट्याक्ट लेखनाथ द्धारा बिद्यालय समाग्री हस्तान्तरण

लेखनाथ २९ माघ/रोट्याक्ट लेखनाथ र काठमाण्डौको सँगसँगै भन्ने संस्थाको संयुक्त आयोजनामा लेखनाथ ६ अर्चले स्थित कवि शिरोमणी प्राथमिक बिद्यालयका बिद्यार्थिलाई बिद्यालय सामाग्री हस्तान्तरण गरेका छन् । रोट्याक्ट लेखनाथका सचिव नवराज पौडेलको सभापतीत्वमा भएको कार्यक्रममा बोल्दै बिद्यालयका प्राधानाध्यापक कृष्णमणि लामिछानेले बिद्यालयलाई सहयोग गरेकोमा प्रशंशा गरेका थिए ।सोही कार्यक्रममा सँगसँगै संस्था अन्र्तगतको ग्रामिण शिक्षा बिकास कार्यक्रममा बोल्दै संयोजक किरण गिरीले आफूले आगामी दिनमा पनी बिद्यालयलाई सहयोग गर्दै जाने कुरा बताए । कार्यक्रममा बिद्यालयका ३० जना छात्रा छात्रलाई बिद्यालय साम्रागी र बिद्यालयलाई बिभिन्न जनकारी मुलक पाष्टर समेत बितरण गरीएको थियो । जनसेवा सप्लायर्स पोखराले सहयो गरेको उक्त कार्यक्रमको सञ्चालन सन्दिप पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...