रोट¥याक्ट पोखरा मिडटाउनको तुलादान अभियान शुरु

पोखरा, २४ माघ/रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनले दशौं स्थापना दिवस मनाएको छ । कार्यक्रममा क्लबका संस्थापक सदस्य एवं पूर्व अध्यक्ष अनिल पौडेलले लगाएतले क्लबको स्थापनाकाल देखी हाल सम्मको यात्राका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा रोटरी क्लब अफ पोखरा मिडटाउनका पूर्व अध्यक्ष सुन्दर गुरुङले रोटरीको यूवा संगठनका रुपमा रहेको रोट¥याक्टले आफनो स्थापनादेखी नै विविध आयाममा प्रभावकारी ढंगले कार्यक्रम गर्न सकेको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं सल्लाहाकार निर्देशन कुमार चुल्याजुले शैक्षिक छात्रवृत्ति प्रदान हेतु एक लाख रुपैयाँको अक्षयकोष निर्माणका लागि ‘तुलादान’ कार्यक्रमको घोषणा गरे । उनले आफनो शरीरको तौललाई कममा दश र बढीमा सयले गुणा गरी सोही बराबरको रकम अक्षयकोषको लागि दान गने बताए ।

कार्यक्रममा दश हजार पाँच सय रुपैया तुलादानमार्फत संकलन गरेको क्लबका पूर्व अध्यक्ष रमेश पौडेलले जानकारी दिए । कार्यक्रममा क्लबका अध्यक्ष उपेन्द्र पौडेलले क्लबलाई यो स्थान सम्म ल्याइपु¥याउनका लागि पूर्व अध्यक्षहरु एवं शुभचिन्तकहरुको अमुल्य भूमीकाको प्रशंशा गर्दै आगामी दिनहरुमा पनि सबैबाट सहयोगको अपेक्षा गरेका थिए ।

कमेन्टहरु
Loading...