रोदीखोलामा साहित्यीक कार्यक्रम

पोखरा , १४ माघ / स्याङजाको हरीनास ४ रोदीखोलामा प्रथम हरीनास साहित्यीक कार्यक्रम सम्पन्न भएको छ । चित्रेभञ्याङ साहित्य सदनको आयोजना तथा हरीनास गाउँपालिका को विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको उदघाटन गर्दे हरीनास गाउँपालिका अध्यक्ष खीमनाराण मानन्धरले कला,साहित्य, संगीतले समाज रुपान्तरमा विशेष भुमिका खेल्ने बताए ।

साथै उनले कार्यक्रममा सहकार्य गर्न पाउदा खुशी व्यक्त गरे । उक्त कार्यक्रमा विशेष अतिथिको मन्तव्य राख्दै हरिनास सृर्जनशील समुह पोखराका अध्यक्ष रुद्र सन्देश मगरले चित्रे चित्रेभञ्याङ साहित्य सदनले वाङमयमा प¥ुयाएको योगदानको खुलेर प्रसंसा गरे ।

सहयोगीहरुलाई विशेष सम्मान सहित संञ्चालित कार्यक्रममा वडाध्यक्ष चिन्तामणि शर्मा, संचारकर्मी गोविन्द थापा सिञ्जाली,सेतिकाली साहित्य संगमका सदस्य खड्ग गहतराज,ज्याग्दी साहित्य प्रतिष्ठानका सदस्य रेसम गोतामे, वालकृष्ण राना लगायतकाले मन्तव्य राखेका थिए भने मिना गहतराज, निरुता राना, संगम नेपाली ठाकुर खनाल कोष सिञ्जाली, करुणा रिजाल, अमृता थापा, सानु मगर, सालिकराम लम्साल, लक्ष्मी खनाल,शुसिला न्यौपने ,मिना हितङ्गा, हरि प्रसाद सुबेदी लगायतका करिव दुइ दर्जन साहित्यकारहरुले रचना वाचन गरेका थिए । संस्थाका अध्यक्ष रीमबावु रानाको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव हरिवोल लम्सालले स्वागत मन्तव्य राखेका थिए भने सचिव दिपेन्द्र थापाले कार्यक्रम संचालन गरेका थिए।

कमेन्टहरु
Loading...