रिटर्नी माइग्रेट नेपालको  राष्ट्रिय सम्मेलन पोखरामा सुरु

कृष्ण आचार्य​, पोखरा, १५ बैशाख /रिटर्नी माइग्रेट नेपालको पहिलो राष्ट्रिय सम्मेलन आईतबारदेखि पोखरामा सुरु भ​एको छ । आईतबारदेखि सुन्दर नगरी पोखरामा सुरु भ​एको रिटर्नी माइग्रेट नेपालको पहिलो राष्ट्रिय सम्मेलनको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै तिमिल्सिनाले बिदेशमा सिकेको ज्ञान, सिप र कमाएको पुँजीलाई राष्ट्र निर्माणमा लगाउनु पर्नेमा जोड दिदै स्वदेशमा नै केहि गर्नु पर्छ भनेर लागेकालाई राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।उनले राष्ट्र निर्माणको महाअभियानमा साथ दिन पनि रिटर्नीजहरुलाई आग्रह गरे ।

“ प्रवासबाट आर्जित सीप​, ज्ञान र पुँजी स्वदेशको लागि ” भन्ने उद्घोषका साथ बैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरुले स्थापना गरेको संस्थाको भोलीसम्म चल्ने राष्ट्रिय सम्मेलन बाट आगामी २ बर्षको लागि ३५ सदस्य रहेको नयाँ नेतृत्व चयन हुने जनाईएको छ ।

जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिब, कोषाध्यक्ष सहित २८ सदस्यको टुङ्गो सम्मेलनबाट लगाईने छ भने प्रदेश कमीटीका अध्यक्षहरु पदेन सदस्य रहने ब्यवस्था बिधानमा रहेको रिटर्नी माइग्रेट नेपालका महासचिब लक्ष्मी प्रसाद आचार्यले जानकारी दिए ।सम्मेलनको बन्द सत्र भोली बिहान ७ बजे बाट सुरु हुने बताईएको छ ।

देशभरका ३० हजार सदस्य आबद्द संस्थाको सम्मेलनमा  ६८ जिल्लाबाट २ सय ५० जना प्रतिनिधी सहित आयोजक, आजिवन सदस्य,पर्यबेक्षकको सहभागिता  छ। रिटर्नी माइग्रेट नेपालका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न  उद्घाटन  कार्यक्रमको  संचालन सचिब  लक्ष्मी प्रसाद आचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...