रिजनल हस्पिटलमा शनिबार बालरोगको निःशुल्क शिबिर

पोखरा, ४ भदौ /अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटल प्रालिले बालबालिकाको उपचारका लागि शनिबार निःशुल्क शिबिर सन्चालन गर्ने भएको छ । भदौ ४ गते शनिबार शिविर सञ्चालन गर्न लागेको अस्पतालले जानकारी दिएको छ । २४ सै घण्टा बिषेशज्ञ सेवा सहित केहि दिन पहिले रिजनल हस्पिटलले सेवा सुरु गरेको थियो ।

पछिल्लो समयमा मौषम परिवर्तनका कारणले धेरै बालबालिकाहरु विरामी भएको भन्दै सबैलाई सेवा दिने उद्देश्यले शिविर सन्चालन गर्न लागेको रिजनल हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर यज्ञराज सिग्देलले जानकारी दिए । उनले मौषम परिवर्तनका कारणा बालबालिकामा सबै भन्दा बढि भाइरलको समस्या भएको बताए । उनले शिविरमा बालबालिको निःशुल्क परिक्षण रहेको बताए ।

आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले अध्याधुनिक सुविधा सहित २४ सै घण्टा विशेषज्ञ सेवाका साथै, २४ सै घण्टा आकस्मिक सेवा ,अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु अस्पतालले दिने उनले बताए ।

कमेन्टहरु
Loading...