रिजन १३ अन्तर्गतका क्लबहरुको पदस्थापन

पोखरा, ६ साउन /लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत रिजन १३ का क्लबहरुको पदस्थापन सम्पन्न भएको छ । रिजन १३ अन्तर्गत जोन २६ र २७ का क्लबहरु लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउन, पिस चौतारी, दृष्टि गण्डकी, पिस सिभिक, माउन्टेस सिटी, युनिक चौतारी, कालिका भ्युटाउन, राइजिङ स्टार र लियो क्लब अफ पोखरा पिस चौतारीको पदस्थापन भएको छ ।

रिजन चियरपर्सन डोलराज पोखरेलको संयोजकत्वमा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले क्लब अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराएका हुन् । कार्यक्रममा बोल्दै गभर्नर श्रेष्ठले अपाङगता भएका व्यक्तिहरुलाई विशेष सहयोग गर्न क्लबहरुलाई आग्रह गरे ।

लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटीले गभर्नर श्रेष्ठले ल्याएका कार्यक्रम सफल पार्न सबै लाग्नुपर्ने बताए । कमाएको केही अंश सामाजिक क्षेत्रमा लगाउनुपर्ने कि नोट स्पिकर विकल शेरचनले धारणा राखे । कार्यक्रममा लायन्स लिडरहरु ध्रुबहादुर थापा, धनराज आचार्य, ईन्दु लम्साल, मनबहादुर रोका, दीपक श्रेष्ठ, राम बसेल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...