रेडक्रस दिवसमा रक्तदान कार्यक्रम

पोखरा , २६ बैशाख /मे ८ अर्थात् विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रे्डक्रस सोसाइटी पोखरा १९ उपशाखा र युवा सर्कलको आयोजनामा पुरञ्चौरमा रक्तदान कार्यक्रम बुधबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३४ युनिट रगत संकलन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद रामजि बराल(जिवन)ले स्थानिय जिबन पौढेललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले रक्तदान महत्वपूर्ण सामाजीक काम भएको उल्लेख गर्दे, आफु खुसि भएको ब्यक्त गरे ।

उपशाखाका सभापति भरतराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रे्डक्रस सोसाइटी कास्कीकी उपमन्त्री उर्मिला खड्का, वडा सदस्य कोमल प्रसाद बाँस्तोला लगाएतले बोलेका थिए ।कार्यक्रममा स्वगत निबर्तमान सभापति डण्डपानी गौतमले स्वगत र सञ्चालन सचिब सुर्य बहादुर नेपालीले गरेका थिए ।

कमेन्टहरु
Loading...