रेडक्रस दिवसमा बक्तृत्वकला प्रतियोगिता

पोखरा, २१ भदौ /नेपाल रेडक्रस सोसाईटी स्थापनाको ५६ औं वर्ष प्रवेशको अवसरमा रेडक्रस कास्की शाखाको

आयोजना तथा युवा रेडक्रस सर्कल, महेन्द्र मा.वि घार्मीको ब्यवस्थापनामा भएको जिल्ला स्तरीय

बक्तृत्वकलामा प्रतियोगीतामा रत्नज्योति मा.विकी सलिना बस्नेत प्रथम भएकी छन् । प्रतियोगितामा केफ

मा.विका आयुष अधिकारी दोस्रो, सिर्जना मा.विका अश्मी गुरुङ्ग तृतिय र जनप्रिय मा.बिका दिपेश अधिकारी

शान्त्वना स्थान प्राप्त गरेका थिए । बिजेताहरुलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरीएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका सभाका प्रमूख सचेतक एवं वडा नं १९ का वडाध्यक्ष शोभामोहन पौडेलले

प्रबिधीमैत्री गुणस्तरीय शिक्षा प्रदान गर्ने महानगरको शिक्षा नीति रहेको वताउदै कुनैपनि शैक्षिक संस्थाको

समुदायसँग सुमधुर संवन्ध रहनुपर्ने वताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की कार्यसमितिका सदस्य एवं जुनियर युवा समिति संयोजक

बिष्णुप्रसाद भण्डारीले बिद्यालमा अध्ययन अध्यापनका साथै अतिरीक्त अक्रियाकलापहरुले बिद्यार्थीहरुको

चौतर्फी विकास गर्न महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा श्रोत ब्यक्ति बलराम पोख«ेल, नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाका सभापती भरत

आचार्य, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज पौडेल, शिक्षक नायक शरदराज सापकोटा,

रत्नज्योती मा.बिका प्राचार्य हेमन्त अधिकारी लगाएतले शुभकामना मन्तब्य दिए ।

प्रतियोगीताको निर्णायक संयोजकमा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपकोषाध्यक्ष एवं पृथ्वीनारायण

क्याम्पस नेपाली बिभागका प्रमुख कृष्णप्रसाद पौडेल, श्रोत ब्यक्ति बलराम पोख«ेल र शिक्षीका पार्वति खनाल

रहेका थिए । कार्यक्रमको स्वागत मन्तब्य छात्रा सुजता पौडेलले दिनुभएको थियो भने अध्यक्षता युवा रेडक्रस

सर्कल महेन्द्र मा.विका संरक्षक एवं प्रधानाध्यापक वासुदेव पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...