पोखरामा आर्ट अफ लिभिङ र भट्टराई परिवारद्धारा ६० परिवारलाई राहत सामग्री वितरण

पोखरा, २० चैत/ दी आर्ट अफ लिभिङ र भट्टराई परिवार पोखरा लेकसाइद्धारा ६० विपन्न परिवारलाई सहयोग गरेका छन् । बिहीबार पोखरा ६ बैदाममा रहेको सुकुम्बासी परिवार, मालपोत नजिकैका सुकुम्बासी र शान्ती पाटनका विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेको हो ।

उनीहरुलाई चामल १५ केजी, रातोदाल २ केजी, तेल १ लिटर, चाउचाउ ६ वटा, विष्कुट १२ पिस, नुन १ केजी, चिनी १ केजी, साबुन १ पिस, गेडागुडी १ केजी र चिया पत्ति २ सय ग्राम प्रति परिवार दिएको दी आर्ट अफ लिभिङ पोखराका नरेश भट्टराईले जानकारी दिए । उनले बिहीबार ६० परिवारलाई वितरण गरेको र शुक्रबार २० परिवारलाई वितरण गर्ने बताए ।

‘सुकुम्बासी बस्तीमा खाने कुराको अभाव भयो, राहत दिने कोही चाहियो भन्दै सुचनाहरु आए,’ पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले भने ‘त्यस पछि हामीहरुले आफै पैसा उठाएर राहत वितरण गरेका हौ ।’ उनले एउटा परिवारलाई २ हजार बराबरको सामग्री किनेर दिएको बताए ।

वितरण कार्यक्रममा पोखरा महानगर पालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारीले कसैलाई ज्यारो आएको वा अन्य समस्या परेमा आफुहरुले सहयोग गर्ने बताए ।

वितरण कार्यक्रमा पोखरा महानगर पालिका वडा नम्बर ६ वडा अध्यक्ष जगत पहारी, वडा सदस्य हरि पहारी, पर्यटन व्यवसायी गणेश भट्टराई, विष्णु भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेल, दी आर्ट अफ लिभिङकी प्रशिक्षक सौमाया भट्टराई र वडा सदस्यहरु लगाएतले वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...