राष्टिय फलफुल तथा तरकारी थोक ब्यबसायी संघमा निर्मल बास्तोला निर्बाचित

पोखरा, १ असोज/ राष्ट्रिय फलफुल तथा तरकारी थोक ब्यबसायी संघ कास्कीको अध्यक्षमा निर्मल प्रसाद

बास्तोला निर्वाचित भएका छन् । संघ को ८ औ अबिधेशनले आगामी २ बर्षका लागि बास्तोलाको अध्यक्षतामा ९

सदस्यीय कार्य समिती निर्बाचित भएका हुन । जसको उपाध्यक्षमा राधिका थापा ,सचिबमा सरास्वति श्रेष्ठ

(सरु) कोषाध्यक्षमा राम प्रसाद लामिछाने निर्वाचित भएका छन भने सह सचिबमा निर्बिरोध कृष्ण प्रसाद धोबी

निर्बाचित भए । सदस्य हरुमा निरोज मैनाली ,दुर्गा प्रसाद कडेल ,लाल प्रसाद ढकाल र सोति लाल साह निर्बाचित

भएका छन् । अध्यक्ष बास्तोलाको ८० मत आयो भने निकटतम प्रतिद्धन्दी राजेन्द्र बहादुर खत्रीले ५५ मत ल्याए

। उपाध्यक्षमा तिन जनाको उमेद्धारी परेको थियो जस मध्य राधिका थापाको ६८ मत, दुर्गा प्रसाद श्रेष्ठको ४८

मत, अक्कल बहादुर सिकेको ९ मत आयो । सचिवमा सरस्वती श्रेष्ठ (सरु) को सर्बाधिक ८९ मत ल्याइन भने

उनका निकटतम प्रतिद्धन्दी गोर्कण अधिकारीले जम्मा ४१ मत ल्याउन सफल भए । कोषाध्यक्षमा राम प्रसाद

लामीछानेको ८० मत आयो भने उनका प्रतिद्धन्दी शम्भु अधिकारीले ५४ मत ल्याए । सदस्यमा निरोज

मैनालीको ७५मत ,केशब बहादुर पुलामीको ४६ मत ,दिपक श्रेष्ठको ४४ मत ,दुर्गा प्रसाद कडेलको ७६मत , लाल

प्रसाद ढकालको ५४ मत ,खेमराज ढकालको ३२ मत ,मान ब. मगरको २८, अम्बिका सापकोटाको ५२ मत ,सोति

लाल शाहको ६४ आएको निर्बाचन कमिटिका सदस्य बिष्णु बास्तोलाले जानाकारी दिए ।

कमेन्टहरु
Loading...