कास्कीका तालहरु रामसार क्षेत्रमा सूचिकृत हुने

सागर राज तिमिल्सिना
पोखरा, १७ पौष/कास्कीमा रहेका तालहरु रामसारमा सूचिकृत हुने भएका छन् । पोखरा र लेखनाथ नगरपालिकामा गरि कास्कीमा ९ वटा तालहरु रहेका छन् । राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण बिभागले कास्कीका तालहरुलाई रामासार क्षेत्रमा सुचिकृत गर्न काम भैरहेको जानकारी दिएको छ । तालहरुलाई रामसारमा सूचिकृत गर्न कामलाई अगाडी बढाएको विभागले पोखरा सरोकारवाला विच पोखरामा अन्तरक्रिया समेत गरेको छ ।

fewatal tower (3)राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण बिभागका उपसचिव डा महेश्वर ढकालले कास्कीमा रहेका तालहरुलाई रामसारमा सूचिकृत गर्न प्रक्रिया अन्तीम चरणमा पुगेको बताए । उपसचिव ढकालले आउदो मार्चमा स्विजरल्याण्डमा हुने रामसार बैठकबाट रामसार सुचिमा सुचिकृत हुने उनले बताए । रामसारमा सूचिकृत भएपछि तालतलैया र सिमसार क्षेत्रले अन्तराष्ट्रिय रुपमै पहिचान पाउने र संरक्षणमा अन्तराष्ट्रिय ध्यान आकर्षण हुने उनले बताए ।

रामसारमा सूचिकृत गर्न जिल्ला विकास समितिको नेतृत्वमा, जिल्ला बन कार्यालय, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, जिल्ला भूसंरक्षण कार्यालय, शहरी विकास कार्यालय, बनस्पती बिभाग र ९ तालका समितिका अध्यक्ष पदेन सदस्य रहने गरि पोखरा उपत्यका सिमसार संरक्षण ब्यवस्थापन समिति समेत गठन भएको छ । रामसारमा सूचिकृत भएपछि ताल संरक्षणमा अन्तराष्ट्रिय चासो र समस्या समाधानका अन्तराष्ट्रिय चासो जाने जानकारहरु बताउ छन् । पछिल्लो समयमा तालहरुको संरक्षण नर्गदा तालहरु संकटमा पर्दै गएका छन् । कास्कीमा फेवाताल, बेगनासताल, रुपा ताल, मैदी, खास्टे लगाएतका तालहरु रहेका छन् ।

कमेन्टहरु
Loading...