लेखनाथ पत्रकारिता पुरस्कारबाट तिमिल्सिना सम्मानित

लेखनाथ , १५ पुस/यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कारवाट पत्रकार रामप्रसाद तिमिल्सिन सम्मान भएका छन् । लेखनाथ पत्रकार मञ्चद्धारा स्थापित सो पुरस्कारको राशी रु ।११हजार एक सय ११,दोसल्ला र सम्मान पत्र रहेको छ ।नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औं जन्मजयन्तीका अवसरमा पत्रकार तिमिल्सिनालाई सो पुरस्कारवाट प्रदान गरेका हुन् ।

साविक लेखनाथ नगरपालिकाको स्थायी वासिन्दा भई एक दशक लामो समयसम्म पत्रकारिता गर्दै आएका श्रष्टालाई उक्त पुरस्कारवाट सम्मान गरिने वताइएको छ । पुरस्कृत व्यक्तित्व तिमिल्सिना नेपाल पत्रकार महासंघ कास्की शाखाका सचिव हुनुहुन्छ ।

वि स २०५८ सालदेखि जनमत दैनिकबाट पत्रकारीता सुरु गरेका तिमिल्सिना समधान राष्ट्रिय दैनिक,पोखरा पत्र,गोरखा पत्र सस्थाको क्षेत्रिय संयोजक,राष्ट्रिय समाचार समिति हुदै अहिले हिमदुत राष्ट्रिय दैनिकमा कार्यरत हुनु हुन्छ ।यस अघि उक्त पुरस्कारवाट पत्रकार मेघनाथ आचार्यलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...