आफ्नो र्निबाचन क्षेत्रको योजना कार्यान्वयनमा प्रदेश सदस्य बराल

पोखरा,२४ माघ /गण्डकी प्रदेशका प्रदेशससभा सदस्य रामजि प्रसाद बरालले आफुले र्निबाचनका बेला गरेका प्रतिबद्धता अनुसारका योजनाहरुको काम अगाडी बढाउन कृयाशिलता देखाएका छन । कास्की र्निबाचन क्षेत्र नं ३ , २ बाट प्रदेशसभामा र्निबाचीत भएका बरालले र्निबाचनका बेला जनताले राखेका मागहरु प्रदेशको निति तथा कार्यक्रममा समाबेश भएपछि उक्त योजनाहरु कार्यन्वयनमा तत्परता बढाएका हुन ।

सदस्य बरालले प्रतिबद्धता गरे बमोजिक र जनताकोे मागका आधारमा परेका तिनवटा खानेपानी कार्यक्रम एकैसाथ सुरु भएको पनि जनाएका छन । जस अन्र्तगत मंगलबार सराङ्गकोटमा रहेको स्याउले खेत खानेपानि लिफ्टीङ्ग आयोजनाको र्निमाण आरम्भ भएको छ । करिव २ करोड लागतमा र्निमाण सुरु भएको योजनाको मंगलबार बरालले सिल्यान्यास पनि गरेका छन । आधुनिक तरिकाले अटोमेटिक सिष्टमका आधारमा र्निमाण गर्न लागिएको आयोजना कास्की जिल्लामै पहिलो खानेपानी आयोजना भएको प्राबिधिक टोलीको दावि छ । र्निमाण सुरु भएको अधिकतम एक बर्षमा सञ्चालननको लक्ष रहेको आयोजनामा अन्डरग्राउण्ड लाईन बिस्तार, अटोमेटीक पानी बितरण प्रणाली सहित पचाँसहजार लिटर क्षमताको पानि टंकी र्निमाण हुन लागेको हो ।

कार्यक्रममा सांसद बरालले र्निमाणमा उपभोक्ता समिति, प्राबिधिक तथा स्थानिय राजनितिक दल वा ठुलाठालुहरु मिलेर कमसल काम हुने गरेको स्मरण गर्दे गुणस्तरमा कुनै संझौता नगर्न अनुरोध गनूृभयो । क्षणिक स्वास्र्थ हेर्ने परिपाटीले देशका रकम खर्च भएर पनि जनताले बिकासको फल चाख्न नपाउने अबस्गाकोे अन्त्य गर्न आबस्यक भएकाले ठेकेदार संग निरन्तर छलफल गर्न र योजना प्रभावकारी भए, नभएको खबरदारी गर्न उनले स्थानियलाई आग्रह गरे । र्निमाण सम्पन्न हुन नपाई बन्द हुने परिपाटी रोक्नको लागि स्थानिय वा उपभोत्ता नै सचेत हुन आबस्यक रहेको बरालको जोड थियोे । सराङ्गकोट क्षेत्रमै यो संगै अरु दुईवटा खानेपानी आयोजना र्निमाण सुरु भएको छ ।

कार्यक्रमममा वडा नं १८ का अध्यक्ष रण बहादुर थापाले वडाको बिकासमा सांसद बरालको भुमिका अत्यन्त सकारात्मक रहेको बताए । सासंदहरु बजेट परेपछि फलो नगर्ने चलन भएपनि बरालले आफ्नो क्षेत्रमा परेका योजना कार्यन्वयनमा आफुलाई समेत झकभकाउने काम गरिरहेको उनको भनाई थियो । कार्यक्रममा नेकपा का नेता जनक राज पराजुली,पुष्कल थापा, नेपाली काग्रेसका ईकाइ सभापति शिब प्रसाद तिमल्सीना, अन्नपुर्ण केबलकार प्रा.लि का तिर्थ त्रिपाठी,उपभोक्ता समितिका अध्यक्ष एक बहादुर ढकाल लगायतले योजना सफलताको शुभकामना दिएका थिए । उत्त खानेपानी आयोजनाबाट हाल ९२ घर परिबार लाभान्वीत हुने बताइएको छ ।

कमेन्टहरु
Loading...