सांसद बरालको शल्यकृया सफल

रामजी बराल
0 666

पोखरा ८, जेठ/ गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन) को बिहीबार शल्याकृया सफल भएको छ । नेकपाका नेता समेत रहेका सांसद बरालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा सानो आन्द्रामा अल्झेको फोहोर हटाउन गरिको शल्यकृया सफल भएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए ।

सांसद बरालको सानो आन्द्राको केही भागमा फोहोर जमेर बसेका कारण आन्द्रा समेत फुट्ने जोखिम भएकोले अस्पताल भर्ना भएको करिब डेढ घण्टामै शल्यकृया गरिएको उपकुलपति डा. थापाले जनाए । केही बर्ष अघि सांसद बरालको आन्द्रामा समस्या आएकोले प्रतिष्ठान हुदै काठमाण्ठौं सहित भारतसम्म उपचार गर्न पुगेका थिए ।

अस्पतालका डा. नरेन्द्र गुरुङ, सुरेस पौडेल सहितको टोलीले फाष्ट्याकबाट करिब डेढ घण्टामै शल्यकृया गरेका हुन् । सांसद बराल विहान करिब ५ बजे देखि पेटको देब्रे कोखको भागमा गहिरो दुखाईले मेट्रो सिटि अस्पतालमा भर्ना भई खासै निको नभए पछि अस्पतालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

उनको उपचारमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने प्रति उनका स्वकिय सचिव दीननाथ बरालले धन्यवाद दिएका छन् । सांसद बराल हाल प्रतिष्ठानकै सघन उपचार कक्षामा रहेकाछन् । सांसद बराललाई भेट्न प्रदेशका सभामुख नेत्रनाथ अधिकारी सहित नेकपाका नेताहरु अस्पताल पुगेका थिए ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...